विराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–१ सीतापुरीका ८६ वर्षीय र शिवसतासी नगरपालिकाका ५० वर्षीय पुरूष छन्।
शुक्रबार दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो। ८६ वर्षीय पुरुषलाई कात्तिक १३ गते र ५० वर्षीय पुरुषलाई कात्तिक १२ गते कोरोना पोजेटिभ देखिएको थियो।
मृतक दुवैजना निमोनियाबाट ग्रसित भएको अस्पतालले जनाएको छ।