संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित
१७ कार्तिक २०७७
•
२ मिनेट पाठ
संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित
जिसस प्रमुख बबी चाम्लिङकी आमा जयमती राई । तस्बिर : नागरिक
कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्। कोरोना संक्रमण पुष्टि भएका कारण जिल्ला समन्वय समितिकै क्वाटरमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा १०२ वर्षीया आमा जयमती राईको निधन भएपछि जिसस प्रमुख चाम्लिङ आमाको दाहसंस्कारमा सहभागी हुन नपाएका हुन्।  




बिक्रम सम्वत १९७५ साल भदौ १० गते (मतदाता नामावलीका अनुसार) जन्मिएकी जयमतीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित घरमा सोमबार बिहान ३ बजेर ५५ मिनेटमा निधन भएको हो। आमा जयमतीको दाहसंस्कारमा जिसस प्रमुख चाम्लिङका दुई दाजु मात्र सहभागी भएका छन्। यद्यपी जिसस प्रमुख चाम्लिङ बिहान घरमा पुगेर सामाजिक दूरी कायम गरेर आमालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेर होम आइसोलेसनमा फर्किएका थिए। नेकपाका प्रदेश कमिटी सदस्य रहेका चाम्लिङलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न थालेको नौ दिनपछि आमाको निधन भएको हो।  

मृतक जयमतीका तीन छोरामध्ये जिसस प्रमुख चाम्लिङ कान्छो छोरा हुन्। होम आइसोलेसनमा बसिरहेको अवस्थामा आमा गुमाउनु परेको क्षणलाई चाम्लिङले आफ्नो जीवनकै सबैभन्दा ठूलो परिघट्ना भएको बताएका छन्। ‘जिल्लाकै इतिहासमा अकल्पनीय परिघट्ना बन्यो। अरुलाई यस्तो नपरोस्, सायद पर्दैन पनि,’ जिसस प्रमुख चाम्लिङले भने, ‘आमाको काजक्रियामा दाजुहरु मात्रै बस्दै हुनुहुन्छ। होम आइसोलेसनबाट निस्किएपछि म पनि बस्छु। यो मेरो जीवनकै सबैभन्दा ठूलो परिघट्ना हुनसक्छ।’ चाम्लिङलाई मातृशोक परेको विषयमा नेकपा तथा अन्य दलका नेता तथा कार्यकर्ताले समवेदना व्यक्त गरिरहेका छन्।  

होम आइसोलेसनमा बसेको अवस्थामा आमाको शारीरिक अवस्था शिथिल हुँदै गएको अवस्थामा पनि भेट गर्न नपाएको विषयमा जिसस प्रमुख चाम्लिङले आइतबार मार्मिक स्टाटस लेखेका थिए। ‘के गर्ने आमा ! संक्रमणका कारण म तपाईलाई भेट्न असमर्थछु । आमा ! माफ गरिदिनोस ल। राम्ररी खाना खान छड्नुभएको त असारदेखिकै हो, त्यसैले कार्यालयमा भन्दा घरमा समय दिन थालेको थिएँ,’ चाम्लिङले लेखेका थिए, ‘तर म आइसोलेसनमा हिँडेपछि आज दिउँसो जानकारी पाएँ, तपाई शिथिल हुँदै जानुभएको छ। झोलिलो पदार्थ पनि मुस्किलले निल्दै हुनुहुन्छ रे, सायद इसाराले हामी छोरा बुहारीकै खोजी गरिरहनुभएको छ। मेरो पुकार सुन्ने कोही छ भने बिन्ती गर्छु कि कोरोना जितेर घर गइ आमासँग भेट होस् उहाँको काखमा एक छिन लुटपुटिएर आशिरवाद लिन पाउँ।’  

यस्तै, नेकपा खोटाङका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख जलसेर राईलाई पनि मातृशोक परेको छ। विक्रम सम्बत १९८९ साल मंसिर २२ गते जन्मिएकी आमा आशा राईको कात्तिक १४ गते साँझ साँढे ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफ्नै निवासमा निधन भएको नेकपाका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख राईले बताए । दिवंगत आशाका तीन छोरा र दुई छोरी छन्।
अर्को समाचार
जिसस प्रमुखको सुझावः योजना छनौटको शैली सुधारौं
२८ माघ २०८०
•
३ मिनेट पाठ
जिसस प्रमुखको सुझावः योजना छनौटको शैली सुधारौं
दोस्रो पञ्च वर्षीय योजनामा सुझाव माग्न आयोगले आइतबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी। तस्बिर: सन्देश/नागरिक
गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाएका छन्।




दोस्रो पञ्चवर्षीय योजनामा सुझाव माग्न आयोगले आइतबार पोखरामा आयोजना गरेको छलफलमा बोल्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाका समन्वय प्रमुखले पुरानो शैलीमा गरिने योजना छनौटले प्रदेशको विकास र समृद्धि सम्भव नहुने भएकाले योजना छनौटको शैली सुधार्न सुझाव दिएका हुन्।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अहिले पनि मुखिया र जिम्बावाल शैलीमा योजना छनौट भइरहेको भन्दै असन्तुष्टी जनाए। 

‘पञ्चायत शैलीमै योजना छनौट हुँदा जनतामा निराशा र आक्रोश छ,’ उनले भने, ‘अहिलेपनि योजना खल्तीबाट आउँछ ।’ संघ, प्रदेश र स्थानीय तहले एउटै ठाउँमा तर फरक नाम राखेर बजेट राख्दा बजेटमा ‘डुब्लिकेसन’ भइरहेको छ। अनि त्यस्तो बजेट कार्यान्वयन हुँदैन। जसका कारण जनता निराश बनेको उनको भनाई छ।

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा कास्कीका जिल्ला समन्वय समिति प्रमुख लिलाधर पौडेलले योजना बैंकको जिम्मा जिससलाई दिन आग्रह गरे। ‘योजना छनौट हामी गर्छौं,’ उनले भने, ‘यसो भयो भने समग्र जिल्लाको योजना समावेशी रुपमा छनौट हुन्छ, अनि संघ र प्रदेशको प्रशासकीय खर्च पनि घट्छ।’

पर्वत जिसस प्रमुख विष्णुराम विकले आफूखुसी योजना छनौट गर्दा कार्यान्वयनमा समस्या आएको बताए। त्यसैले केन्द्रीकृत योजना ल्याउनुपर्ने र त्यसको जिम्मा जिससलाई दिन उनको आग्रह छ। ‘योजना छनौट गर्ने अधिकार जिससलाई दिनुस्,’ उनले भने, ‘जिससले सबै पालिकाबाट योजना मागेर त्यसमध्ये छनौट गरेर संघ र प्रदेशलाई पठाउँछ। यसो भयो भने बल्ल समावेशी योजना पर्छ।’

गोरखाका जिसस प्रमुख मोहनबहादुर थापाले कर्मचारी तन्त्रले गलत नियत राखेर योजना छनौट गर्ने गरेकाले त्यस्ता योजना कार्यान्वयन नहुने गरेको दाबी गरे। ‘कतिपय अवस्थामा स्थानीय तह र जिससलाई पनि थाहा नदिई योजना हालिन्छ। त्यस्ता योजना भ्रष्टाचारका अखडा बनिरहेका छन्,’ उनले भने।

तनहुँका जिसस प्रमुख शान्तिरमण वाग्लेले जनस्तरबाट योजना छनौट नहुने र कार्यान्वयन गर्दा पनि स्थानीयलाई अपनत्व नदिलाउँदा जनप्रतिनिधिप्रति जनताको विश्वास टुटिरहेको बताए। उनले स्थानीय तह र जिसस दुवैको समन्वयमा योजना छनौट हुने वातावरण मिलाउन आग्रह गरे। ‘ती छनौट भएका योजना कार्यान्वयनको अनुगमन जिससलाई दिन आग्रह गर्दै उनले भने, ‘अनुगमनका लागि भनेर बजेट पनि हामीलाई नदिनुस्, हामी नै त्यसको व्यवस्था गर्छौं।’

म्याग्दीका जिसस प्रमुख राजकुमार थापा मगरले सार्वजनिक जग्गा संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा स्थानीय तहको भएकाले त्यसको प्रयोग गर्ने अधिकारपनि उसैलाई दिने व्यवस्था गर्न आग्रह गरे। ‘सार्वजनिक जग्गा मन्त्री परिषद्को निर्णयबाट मात्रै दिन सक्ने अहिलेको प्रावधान योजना आयोगले हटाओस् र जसले संरक्षण गर्छ उसैलाई त्यसको निर्णय गर्ने अधिकार देओस्,’ उनले भने।

स्याङ्जाका जिसस प्रमुख श्रीप्रसाद जोशीले नदीनाला मात्र नभई काम नलाग्ने भीर र पाखाहरुपनि उत्खनन् गरेर विकास निर्माणका काम गर्ने नीति बनाउन सुझाव दिए। ‘नदीनाला मात्र होइन, भालुपहाड जस्ता काम नलाग्ने भीर, पाखाहरुपनि उत्खनन् गरेर विकास निर्माण गर्ने नीति योजना आयोगले बनाओस,’ उनले भने। गोरखाका जिल्ला समन्वय अधिकारी श्रीधर पन्थीले आयोजनाहरुलाई योजनाले जोड्नेगरी प्रदेश नीति तथा योजना आयोगले योजनाहरु छनौट गर्नुपर्ने बताए।

नगरपालिका महासंघ गण्डकीका अध्यक्ष रमेशकुमार पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय केन्द्र बनाउनेगरी योजना छनौट गर्न आग्रह गरे। स्थानीय तहसँग योजना मागेर योजना आयोगले योजनाको प्राथमिकीकरण गरेर छनौट गर्नुपर्ने उनको भनाई थियो।

गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझाले साझेदारी योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनौट गर्न सुझाव दिए। अपुरा योजनालाई पूरा गर्ने नीति अख्तियार गर्नपनि उनको आग्रह थियो। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले बजेटको आकार हेरेर योजना छनौट हुने बताए। उनले योजना बैंक बन्यो भन्दैमा सबै योजना त्यहीँबाट कार्यान्वयन नहुने बताए।

गणडकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णप्रसाद देवकोटाले दोस्रो पञ्चवर्षीय योजनाका लागि सुझाव लिने क्रम औपचारिक रुपमा सकिएको बताए। अब अनौपचारिक रुपमा सुझाव लिएर त्यसलाई अन्तिम रूप दिने उनको भनाई छ। उनले सिस्टमेटिक विकासका लागि परियोजना बैंक ल्याइए पनि त्यो नै सर्वोपरि भने नभएको प्रष्टोक्ति दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस