उपत्यकाको ट्राफिक व्यवस्थापन: यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना
१९ कार्तिक २०७७
•
५ मिनेट पाठ
उपत्यकाको ट्राफिक व्यवस्थापन: यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना
काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ। सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ।




कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको बताउँछन्।

उनका अनुसार समयसापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आएको अध्ययनमा पाइएको छ। पछिल्लो समयमा ट्रफिक प्रहरीकै प्रयासमा भइरहेका संरचनामा आवश्यक व्यवस्थापन र प्रविधिमैत्री बनाउँदै लगेको समेत उनले जानकारी दिए।

पछिल्ला केही वर्षमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकारात्मक काम नभएका होइनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न योजना बनाई कार्यान्वयन गरेकाले सकारात्मक सुधार भएको छ।

खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीकै निर्देशन चाहिने अवस्थाबाट माथि उठेर अहिले एकाधबाहेक त्यस्ता समस्या छैन। धुलाम्मे हुने काठमाडौँका सडक केही निश्चित ठाउँमा बाहेक अहिले धुलो देखिँदैन। हाल व्यवस्थापन भएको सडकका मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त पाइन्छ तर यतिले मात्रै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन। सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोकगल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना भइरहेकै छ।

यातायातमा जोरबिजोर प्रणाली लागू हुँदा पनि सवारी जाम नरोकिँदा त्यसको उचित व्यवस्थापनको टड्कारो आवश्यकता ठानी गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको हो। त्यही सिलसिलामा प्रवउ ढकालको संयोजकत्वमा गत साउनमा गठन भएको छ सदस्यीय कार्यदलले ‘उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ बनाई गृह मन्त्रालयमा बुझाएको छ। कार्ययोजनाले तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई बुँदागतरूपमा औँल्याएको छ।

उक्त कार्ययोजना उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भएकाले उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने गृहमन्त्री रामबहादुर थापा बताउँछन्। कार्यान्वयनमा लैजानका लागि गृहको प्रयास मात्रैले पुग्दैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सम्बद्ध निकायको समन्वय आवश्यक छ। उक्त कार्ययोजना सबै निकायसँगको सहकार्यमा बनेकाले अबको प्रयास एकीकृतरूपमै जाने विश्वास मन्त्रालयको छ। गृहसचिव महेश्वर न्यौपानेले केही अपुग भएका विषय समेटेर कार्ययोजना लागू गर्नुको विकल्प नभएको बताए।  

सडक विस्तार
सडक विस्तारको प्रक्रियामा रहेका सबै सडकलाई तत्कालै विस्तार गर्नुपर्ने कार्ययोजनाले प्राथमिकताका साथ उठाएको छ। गौरीघाटको प्रहरी विटको पर्खाल भत्काइ सडक फराकिलो गर्नुपर्ने, जडीबुटी र राधेराधे पुलको बाँकी काम सम्पन्न गरी सर्भिस लेन खोल्नुपर्ने तत्कालीन योजनामा राखिएको छ।

साँघुरा सडक र सवारी चाप हुने चोकको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारको काम सम्पन्न गर्नुपर्ने,  बाहिरी चक्रपथको अवधारणालाई अघि बढाउनुपर्ने,  नागढुङ्गा र टोखाको सुरुङ योजनालाई अघि बढाउनुपर्ने दीर्घकालीन योजनामा उल्लेख गरिएको छ।

सडक कालोपत्र
उपत्यकाको सम्पूर्ण सडकको नियमित अनुगमन गरी समयमै खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्नुपर्ने, पेट्रोलपम्पसम्बन्धी मापदण्ड लागू गराई सडकमा परेका पम्प हटाएर सडक विस्तार गर्नुपर्ने तत्कालीन कार्ययोजना समावेश छ। यस्तै मापदण्डविपरीतका कारखाना वर्कशपलगायतका संरचना हटाई व्यवस्थापन गर्नुपर्ने ‘अटोजोन’ निर्माणसम्बन्धी अवधारणा र कारखाना सञ्चालन निर्देशिक कार्यान्वयन गराउनुपर्ने दीर्घकालीन योजनामा समावेश गरिएको छ। 

पार्किङ व्यवस्थापन
सडकमा हुने अनधिकृत हटाई सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, करिडोर क्षेत्रमा पनि उचित स्थानमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने तत्कालीन कार्ययोजनामा उल्लेख छ।

यस्तै दीर्घकालीन कार्यायोजनाअनुसार स्मार्ट पार्किङको अवधारणालाई अध्ययन गरी पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने जनाइएको छ। बाहिरबाट आएका सवारी पार्किङका लागि नाका क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने, सबै व्यापारिक क्षेत्र, होटललाई पार्किङको व्यवस्थापन गर्न लगाउनुपर्नेलगायत विषय समावेश गरिएको छ।

अण्डर पास र फ्लाइओभर
उक्त एकीकृत कार्ययोजनाले तीनकुने, जडीबुटी, कोटेश्वर, बबरमहल, सिंहदरबार क्षेत्रमा आवश्यकतानुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्नेमा जोड दिएको छ। उता पशुपति क्याम्पस, मित्रपार्क, रातोपुल, गौशालालगायत क्षेत्रमा पनि अध्ययन गरी सडक व्यवस्थापन गर्न सुल्झाइएको छ। वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते करिडोरका पुलपुलेसा, सडक व्यवस्थापनमा जोड दिइएको छ। छाडा चौपायका लागि काञ्जी हाउसको व्यवस्थापन गर्नुपर्ने कार्ययोजनाले समेटेको छ।

समयसापेक्षरूपमा सडकसम्बन्धीका कानून संशोधन गरी लागू गर्नुपर्ने, नियमित अनुगमन गरी सडकको अवस्थालाई चुस्त राख्नुपर्ने, सडक प्रयोगकर्तालाई सचेतना दिँदै स्कूलमा ट्राफिक शिक्षालाई प्राथमिकता दिनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। कार्ययोजनामा ट्राफिक चिल्ड्रेन पार्क, नमूना सडक निर्माण, ट्राफिक ग्राम निर्माण, रुट इजाजत वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने औँल्याइएको संयोजक ढकालले बताए। यस्तै सडक बत्ती गाडी धुने केन्द्र, जिपिएससहितको सवारी साधान ट्रयाकिङ प्रणालीलगायतका प्रणाली प्रयोगलाई प्राथमिकता दिनुपर्ने एकीकृत कार्ययोजनामा उल्लेख छ।
अर्को समाचार
पर्यटकीय क्षेत्र लेकसाइड: भारतीय सवारीको भीडले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
०४ असार २०८३
•
४ मिनेट पाठ
पर्यटकीय क्षेत्र लेकसाइड: भारतीय सवारीको भीडले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
पोखराको लेकसाइडमा भारतीय पाहुना लिएर आएका सवारी चालकलाई पार्किङ लगायतबारे जानकारी दिँदै ट्राफिक प्रहरी। तस्बिरः नागरिक
पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सडकको आउजाउ नै रोकिने गरेको तथा तिब्रगतिमा सवारी हुइँक्याउने गर्दा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले भारतीय पर्यटक सवार सवारीका लागि सचेतनामुलक कार्यक्रम थालेको छ।




त्यसका लागि कास्की प्रहरी सहित ट्राफिक प्रहरीले लेकसाइड क्षेत्रमा भारतीय सवारीका चालकलाई जानकारी दिन थालेको हो। लेकसाइड लगायतका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै सडक तथा सवारी व्यवस्थापन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरीको भनाई छ। भारतीय सवारीका चालकलाई भेटेरै पोखराको ट्राफिक व्यवस्थापन, पार्किङस्थल, एकतर्फी सडक तथा गाडीको स्पीडबारे जानकारी गराएको प्रहरीको भनाई छ।

उक्त अभियान अन्तर्गत पर्यटकीय क्षेत्रका सडकको अवस्था, ट्राफिक नियम, सवारी पार्किङ व्यवस्थापन तथा कुनै पनि घटना वा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने हेल्पलाइन नम्बरको बारेमा समेत जानकारी दिलाइएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका एसपी गोबिन्दराज काफ्लेले पोखरामा अहिले अधिक मात्रामा भारतीय पाहुना भित्रिएको र ती पाहुना लिएर आएका सवारी साधनलाई जथाभावि पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको गुनासोपछि अनुगमन गर्दै भारतीय सवारीका चालकका लागि सचेतनामूलक कार्यक्रम गरिएको बताए।  

‘यो पटक पाहुना लिएर आएका भारतीय गाडीको संख्या अधिक नै बढेको छ। लेकसाइडको सडक यसैपनि साँघुरो छ। त्यसैमाथि जथाभावि पार्किङ गर्ने, लामो समय सवारी रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा चूनौती बढेको छ। त्यसैमाथि दुर्घटनाको त्रास बढेको छ।’ प्रहरीका अनुसार लेकसाइडमा यतिसम्म भद्रगोल तरिकाले सवारी पार्किङ गर्न थालिएको छ की कतिपय ठाउँमा त पैदल हिड्ने बाटो समेत छैन। सवारीलाई फुटपाथमै उकालेर पार्किङ गर्ने गरिएको छ।  

‘पाहुना आगमन हुनु सकारात्मक हो। तर, त्यो सँगै सवारीको भीडले अस्तव्यस्त भएको छ। लेकसाइडका सवारी जाम लागेर अरु सर्वसाधारणको यात्रा नै अवरुद्ध हुने गरेको छ। यस्तो अस्तव्यस्तताले अत्यावश्यक सवारीको यात्रालाई झनै चुनौती बढाएको छ,’ उनले भने, ‘मुख्य सडकमा मात्र नभई भित्री गल्लीमा पनि उस्तै अस्तव्यस्त छ। ठूला आकारका सवारी भित्री गल्लीमा जबर्जस्ती लैजाँदा सडक नै ढाक्ने गरेको छ।’  
‘व्यावसायीले पाहुनालाई होटलमा राख्ने, तर, गाडीको पार्किङका लागि ठाउँ नदिँदा समस्या भएको हो। त्यसमा व्यावसायी पनि जिम्मेवार हुनुपर्छ। व्यावसायीले व्यवस्थापनमा सघाएको भए त्यो समस्या यत्तिसारो हुने थिएन,’ उनले भने, ‘कतिपय होटलका पार्किङस्थल खालि छन्। तर, त्यही होटलका पाहुनाका सवारी सडकमा राख्ने गरिएको छ। त्यसैले व्यवस्थापन अस्तव्यस्त भएको हो।’  

अहिले पोखरमा भारतीय पाहुना लिएर आएका सवारी तिब्रगतिमा भित्री सडकमा कुँदाउदा त्यसले दुर्घटनाको जोखिम पनि बढाएको उनले बताए। प्रहरीको यो अभियानले गण्डकी प्रदेशको समग्र पर्यटन प्रवद्र्धन तथा पर्यटकको सुरक्षित यात्रामा सकारात्मक योगदान पुग्ने उनले बताए। बजारभित्र मात्र नभई आसपासका पर्यटकीय गन्तव्यमा पनि भारतीय सवारीको उत्तिकै भीडभाड रहेको छ।  

‘यो अभियानकै रुपमा लिएर अघि बढाउने प्रयास भएको छ। व्यावसायीले व्यवस्थापन गर्न नजान्दा पनि समस्या छ। पाहुनाका लागि मात्र ठाउँ दिएर भएन, सवारी कहाँ रोक्न हुन्छ वा हुँदैन भनेर जानकारी पनि दिनुपर्छ। कुन बाटोमा सवारी लैजान हुने की नहुने भनेर पनि व्यावसायीले चालकलाई जानकारी दिनुपर्छ।’ सडकलाइ नै पार्किङस्थल बनाइएको यो अवस्थमा सवारी कहाँ जान पाउने वा नपाउने भन्ने थाहा नहुँदा पनि अस्तव्यस्त भएको उनले बताए।  

सवारी पार्किङ गर्ने ठाउँ नभएपछि जग्गा भाडामा लिएर भएपनि व्यवस्थापन गर्न भनेको उनले बताए। ‘पोखरा भित्रका पार्टीप्यालेसको पार्किङस्थल पनि उपयोग गर्न सकिन्छ। पोखराका केही पार्टीप्यालेसको पार्किङस्थल उपयोग गर्न सक्यो भने त्यसले सहज बनाउँछ। त्यसबाहेक सार्वजनिक जग्गालाई उपयोग गरेर भएपनि पार्किङस्थल बनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘होटलले पाहुनालाई पनि सचेत गराउनुपर्छ। व्यवस्थापनमा व्यावसायीले पनि सघाउनुपर्छ।’  

पर्यटन व्यावसायी पनि यो पटक अनुमान गरे भन्दा बढि संख्यामा भारतीय पाहुना आउँदा व्यावस्थापनमा केही कमजोरी भएको बताउँछन्। ‘चालकलाई भेटेर उनीहरुलाई सम्झाउने र बुझाउने गरिएको छ। पाहुना लिएर बारम्बार आएका चालकले पार्किङस्थलबारे जानकारी पनि पाउनुपर्छ। पहिलो पटक आउनेलाई के गर्न हुने र नहुने भनेर प्रहरीले सम्झाएको छ। यसको व्यवस्थापनमा हामी व्यावसायी पनि सक्रिय हुनुपर्ने अवस्था छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने। उनले पनि पोखरामा यतिबेला अधिक मात्रामा भारतीय पाहुना आउँदा यहाँ भारतीय सवारीको भीड अधिक बढेको बताए।  

‘हामीले सोचभेन्दा बढि पाहुना आएकोले व्यवस्थापनमा केही समस्या थपिएको हो। व्यावसायीले भारतीय सवारीका चालकलाई कहाँ जान हुने र जान नहुने भनेर जानकारी पनि दिनुपर्छ। नजिकैका गन्तव्यमा जाने हो भने सवारी लिएर जानुपर्ने जरुरी छैन। कतै पार्किङ गरेरै हिड्दै जाँदा पनि फरक पर्दैन भनेर चालकलाई सचेत बनाउने काम व्यावसायीको हो,’ उनले भने, ‘योपटक भीड बढेकोले केही समस्या भएकै हो। यसलाई व्यवस्गथापन गर्नका लागि व्यावसायी पनि सक्रिय हुनेछन।’  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस