प्रहरीले लागुऔषध चरेश बरामद गरेको छ। बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से१ज २२८ नम्बरको जिपमा चेकजाँच गर्दा एकजना भागेका र उनले छोडेको झोलामा रहेको ३ किलो ७ सय ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।
सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा जिप चेकजाँचका क्रममा झोलासहित भागेका व्यक्तिलाई पिछा गर्दा उनले झोला जंगलमा फालेको र ती व्यक्ति फरार रहेका डिएसपी अधिकारीले बताए। भागेका व्यक्तिले छाडेको झोलाबाट चरेश बरामद गरिएको हो।
फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेको छ भने जिप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।