बिराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटबाट लागुऔषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले लागुऔषधसहित सुनसरी बराहक्षेत्र नगरपालिका २ घर भई हाल बिराटचौक बस्ने वर्ष १४ का डम्बरबहादुर कुमरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरी टोलिले चेकजाँच गर्दा उसको साथबाट लागुऔषध फेला परेको थियो। बालकको साथबाट एभिल–७, लुपिजेसिक–७, फेनारगन–६, डाइजेपाम–६ गरी जम्मा २६ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। बालकलाई कसैले भरिया बनाएर लागुऔषध बोकाएको हुनसक्ने भन्दै प्रहरीले विस्तृतमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।