'मालदार ठाउँ'मा कुरा नमिल्दा प्रहरी सरुवा अवरुद्ध
१५ माघ २०६९
•
८ मिनेट पाठ
'मालदार ठाउँ'मा कुरा नमिल्दा प्रहरी सरुवा अवरुद्ध
केपी ढुंगाना, काठमाडौं, माघ १६ - प्रहरी निरीक्षकको सरुवा खुलाउन प्रहरी प्रधान कार्यालयले पटक-पटक सूची बनाए पनि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच 'मालदार' स्थानमा कुरा नमिल्दा चार महिनादेखि सरुवा प्रयास अवरुद्ध भएको छ।
प्रहरी निरीक्षकको सरुवाबारे मापदण्ड नै छ। तर, कार्यालय प्रमुख रहने आकर्षक करिब एक सय स्थानको पोस्टिङमा सहमति हुन सकेको छैन। प्रहरी ऐन र नियमावली अनुसार प्रहरी महानिरीक्षक आफैंले प्रहरी निरीक्षकको सरुवा गरेर गृहलाई जानकारीमात्र गराउन पनि सक्छन्।
तर, नियुक्तिअगाडि नै गृहमन्त्री विजयकुमार गच्छदारसँग चिसिएको सम्बन्ध थप चिसो बनाउन आइजिपी कुवेरसिंह रानाले नचाहँदा एक वर्षमा हुने सरुवा सोह्र महिनासम्म अड्किरहेको छ।
समय कट्नुअगाडि नै सरुवाका लागि प्रहरी मुख्यालयले तयारी गरे पनि आकर्षक स्थानको सरुवामा गृह र प्रहरी नेतृत्वबीच सहमति हुन सकेको छैन। प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी निरीक्षकको सरुवा मापदण्ड अनुसार नै प्रधान कार्यालयले सूची बनाए पनि आएका सिफारिसका कारण बारम्बार संशोधित भइरहेका छन्।
प्रहरी प्रवक्ता केशव अधिकारीले भने प्रधान कार्यालयले सरुवाको तीव्र तयारी गरिरहेको बताए। उनले भने, 'सरुवाको तयारी भइरहेको छ, अब छिट्टै हुन्छ।'
तत्कालीन प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहका पालामा प्रहरी सरुवालाई पारदर्शी बनाउन मापदण्ड बनाएर लागु गरे पनि सरुवामा कार्यान्वयन हुन सकेको छैन। मापदण्डमा कार्यालय प्रमुख भएकालाई सहायकमा, कार्यदक्षता, पारदर्शिता र सुरपरीवेक्षकको मूल्यांकन आधारमा प्रमुखमा सरुवा गर्ने, आर्थिक र नैतिक अनुशासनमा नरहनेलाई कार्यालय प्रमुख नदिने उल्लेख छ।
एकै क्षेत्रमा दुई पदावधि बिताएकालाई अर्को क्षेत्रमा सरुवा गर्ने, क्षेत्रमा बसेकालाई सहयोगीमा र दुर्गम पहाडी क्षेत्रमा बसेलाई कार्यालय प्रमुखमा प्राथमिकता दिने लगायत विषय मापदण्डमा उल्लेख भए पनि यसपटकको सरुवामा पनि त्यसको पालना हुने सम्भावना नरहेको प्रहरी अधिकारी नै बताउँछन्।
तर, एकै ठाउँका लागि पनि प्रधानमन्त्री, गृहमन्त्री अनि गृहसचिवबाट अलग-अलग व्यक्तिको नाम सिफारिस भइरहेको छ। प्रधान कार्यालयले पनि आफू अनुकूल खोज्दा एकै कार्यालयका लागि दर्जनांै नाम आउँदा समस्या भएको स्रोत बताउँछ।
क, ख, ग र घ क्षेत्रमा विभाजन गरी चक्रीय प्रणाली अनुसार सरुवा हुनुपर्ने मापदण्ड भए पनि आकर्षक स्थानका लागि सुगममै बसेका प्रहरी निरीक्षकहरुको सिफारिसको संख्या बढी देखिन्छ। जोखिमपूर्ण काम गर्ने र कार्यक्षमता राम्रो भएका प्रहरीलाई प्रोत्साहनका लागि काठमाडौंका केही पोस्टिङमा खटाउने प्रहरी अधिकृतको प्रयास गृह नेतृत्वले स्वीकार नगरेको स्रोत बताउँछ।
प्रहरीमा दरबन्दी रहेका १ हजार एक सय ३७ मध्ये करिब सात सय प्रहरी निरीक्षकको सरुवा तयारी भएको छ। स्रोतका अनुसार अतिरिक्त आम्दानीका लागि आकर्षक मानिने करिब एक सय स्थानका नाममा सहमति बन्न सकेको छैन।
जानकारका अनुसार उपत्यकाका त्यसमा पनि काठमाडौं, तराईको राजमार्ग, सीमा कार्यालय र गाडी र लाइसेन्स बढी चल्ने ट्राफिक कार्यालयमा सरुवाका लागि प्रधान कार्यालयमा चाप बढी छ।
स्रोतका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा रहेका २३ प्रभागको प्रमुख छान्न बढी रस्साकस्सी चलिरहेको छ। गृह प्रहरी नेतृत्वबीच सहमति हुन नसक्दा अतिरिक्त आम्दानीका आधारमा आकर्षक मानिने काठमाडौंको सोह्रखुट्टे, दरबारमार्ग, जनसेवा, थानकोट, स्वयम्भु, फर्पिङ र गौशालाको प्रमुखको छनोट टुंगिन सकेको छैन।
प्रहरी नेतृत्व कार्यक्षमतालाई आधार बनाएर काठमाडौंमा सरुवा गर्नुपर्ने पक्षमा भए पनि गृह नेतृत्व त्यसमा सहमत देखिएको छैन। गृह नेतृत्वले सोह्रखुट्टे, दरबारमार्ग र थानकोटमा आफ्नो सिफारिसको पर्नुपर्ने अड्डीमा रहेको स्रोतको दाबी छ।
ललितपुरमा आकर्षक पोस्टिङ नमानिएको हुनाले चलखेल छैन। भक्तपुरको जगातीका लागिसमेत प्रहरी निरीक्षक छनोट हुन सकेको छैन।
काभ्रेको बनेपा, सिन्धुपाल्चोकको बाह्रबिसे र कोदारी, धादिङको खानीखोला प्रहरी र गजुरी ट्राफिक, नारायणीको वडा प्रहरी कार्यालय विर्ता, श्रीपुर, र वीरगन्ज ट्राफिक, चितवनको वडा प्रहरी कार्यालय नारायणगढ, चितवन ट्राफिक र इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय कोल्बी, बाराको वडा प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय गरुडा पाउन प्रहरी निरीक्षक चलखेलमा व्यस्त छन्।
जानकारका अनुसार इप्रका गोरुसिंगे, वडा प्रहरी कार्यालयका कृष्णनगर, सीमा प्रहरी चौकी बेलैया, इलाका प्रहरी कार्यालय मर्चवार, इलाका प्रहरी कार्यालय गैंडाकोट, नवलपरासी ट्राफिक, रुपन्देही ट्राफिक, वडा प्रहरी कार्यालय विराटनगर र ट्राफिक, वडा प्रहरी कार्यालय रानी र विराटनगर जान चाहनेहरु पनि उत्तिकै छन्। सीमा प्रहरी चौकी काकडभिट्टा, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय चन्द्रगढी र सीमा प्रहरी चौकी पशुपतिनगरको पोस्टिङ पनि आकर्षक मानिन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस