बैतडीको पुर्चौडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। इलाका प्रशासन कार्यालयमा तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिस लगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
एकजना शाखा अधिकृत, दुईजना नासु, एकजना सहलेखापाल, एकजना सहायक कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एकजना नासु र एकजना कार्यालय सहयोगी मात्रै कार्यरत छन्। चार वर्षअघि स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुने गरेको छ।
दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौडी क्षेत्रका स्थानीय सरकारी सेवाको लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता आएको छ।
इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा समस्या भएको स्थानीय हरिश भट्टले बताए। इलाका प्रशासन कार्यालयमा कर्मचारीको पद पूर्तीका लागि गृहमन्त्रालयलाई पत्राचार गरेको भएपनि अहिले सम्म कर्मचारी नआएका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।