कपिलवस्तुमा गरीब र बिपन्न परिवारलाई लक्षित गरी 'नयाँ लुगा, न्यानो लुगा' अभियान सञ्चालन भएको छ। मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानीयस्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत कार्तिक पुर्णीमासम्मको अवधीमा १ सय ५५ परिवारका गरिब बिपन्न ६ सय जना बढीलाई नयाँ न्यानो लुगा दिईने छ।
अभियानले तत्कालका लागि कपिलवसतु जिल्ला र रुपन्देहीको मर्चवार क्षेत्रका वास्तबिक गरिब बिपन्नलाई अभियान अन्तर्गत जाडोको नयाँ न्यानो कपडा उपलब्ध गराउने छ। अभियानको तौलिहवास्थित माहुरी होमको कार्यालयमा सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तु बाल गृहका २९ बालकलाई जाडोको लुगा खरिद गरे बापत बाल गृह प्रमुखलाई नगद ४० हजारकोे चेक हस्तान्तरण गरेका थिए।
सो अवसरमा उनले कार्यक्रमले जाडोमा बिपन्न परिवारलाई यसले ठूलो राहत मिल्ने बताए। उनले कार्यक्रममा आफूले सक्दो सहयोग जारी राख्ने बताए। कोरोना संक्रमणका बेला बिपन्न र गरिबहरु मर्कामा परेका बेला अभियानले नागरिकस्तरमा राम्रो सूचना प्रवाह गरेकोले अभियानलाई बृहत रुपमा सञ्चालन गर्न आवश्यक रहेको कपिलवस्तुका प्रजिअ पौडेलले बताए। कार्यक्रममा नगरपालिका क्षेत्रमा गरिब र बिपन्न परिवारका १ सय बढीलाई लुगा वितरण गरिएको थियो। आफूहरुले कोरोना संक्रमण शुरु भएलगत्तै परियोजनाका बिभिन्न दातृ निकायको सहयोगमा ६ सय १५ जनालाई खाधान्न सहयोग गरेको माहुरी होमका अध्यक्ष रबि ठाकुरले बताए।
सो संगै स्थानीयस्तरको सहयोगमा फुड बैंक सञ्चालनमा ल्याई थप १ सय ५५ जनालाई खाधान्न र अन्य सहयोग गरिएको ठाकुरले बताए। कार्यक्रममा सहभागी प्रहरी उपरिक्षक नवराज अधिकारी, लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, रेडक्रस सोसाईटीका जिल्ला महामन्त्री सन्तोष श्रीवास्तव लगायतले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।