मोरङ रतुवामाईं वडा नं. ८ दाम्राभिट्टामा हरेक मंगलबार साप्ताहिक हाट लाग्छ। कोरोना संक्रमितको संख्या र मृत्युदर बढी रहँदा यो हप्ता हाटमा समान खरीद गर्न आएका वडा नं. ५ लेटीका सदानन्द मेहता बिना मास्क निर्धक्क हिँड्डुल गरि रहेका थिए। उनी बजार सवैतिर डुलिरहँदा अस्थायी प्रहरी चौकीका डियूटीमा खटिएका प्रहरीले देखेपनि खासै चाँसो लिएनन्।
यही बेला दाम्राभिट्टामै रहेको सहकारी बन्द हुनुको कारण सोधीखोजी गर्न नजिकै रहेको मदन बर्देवाको टेलर्समा उनी पुगे। अनि वर्देवाले मास्क लगाउन सुल्झाएपछि पेन्टको गोजीबाट निकालेर उनले मास्क लगाए।
उनले मास्क लगाएपछि भने, ‘हाम्रो गाउँतिर कसैले मास्क प्रयोग गर्दैनन्। त्यही बानी लागेर बिर्सिइ हालेछु।’ उनका अनुसार रतुवामाईंको वडा नं. ५ मा बग्रेल्ती कोरोना संक्रमित छन् भने केहीको मृत्यु समेत भइ सकेको छ। तथापी गाउँले मास्क प्रयोग गर्नमा सचेत छैनन्। अधिकतरले मास्क नै प्रयोग गदैनन्।
मोरङमै यो हप्ता कोरोना संक्रमित भएर मृत्यु भएका एक जनाको काजकिरिया गर्न बसेका र त्यहाँ आउने केहीले मास्क प्रयोग गरेको पाइएन्। कोरोना व्यापक फैलिएको अहिलेको अवस्थामाा थुप्रैले मास्क प्रयोग नगरिकन निर्धक्कसँग हिँड्डुल गर्दा यदि कोही बिना परीक्षण कोरोना संक्रमित भएमा उसले धेरैलाईं सार्ने निश्चित छ।
कतिपयले संक्रमितसँग एक्सपोज हुँदा पनि सचेत नभएको पाइएको छ। ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमै बढी संक्रमित एक्सपोज हुँदै छन्। संक्रमित एक्सपोज हुँदा शहरी क्षेत्रकैले स्वास्थ्य मापदण्ड पालनामा चुकेको इटहरीका पत्रकार विवेक भट्टराईं बताउँछन्।
शहरी क्षेत्रका तुलनामा ग्रामीण क्षेत्रमा भने मानिसको जमघट कम हुने गर्छ। ग्रामीण क्षेत्रका धेरैलाईं खेतीको कामको चटारो हुनाले गर्दा पनि बढी जोखिम शहरी क्षेत्रमै हुने गरेको छ।
पूर्वका जिल्लामा कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले पटक–पटक निषेधाज्ञा जारी गरेपनि अहिलेसम्म कार्यान्वयन भएको पाईदैन। सर्वसाधारणको भीडभाड कम गर्न दशैँअघि सुनसरीमा घोषणा गरिएको निषेधाज्ञा फेरि तिहारअघि पनि घोषणा गरिएको छ। यद्यपी, कार्यान्वयन भने हुन सकेको छैन।
स्वास्थ्य मापदण्ड प्रयोग नगर्दा संक्रमणको उच्च जोखिम सुनसरी र मोरङमा छ। तरपनि सरकारी, गैरसरकारी, निजी तथा सर्वसाधारणलाईं कडाईंका साथ स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले कार्यालयले निर्देशन दिएपनि कार्यान्वयन नहुँदा जोखिम बढेको ठहर गरिएको छ।
केही दिनअघि मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय विराटनगरले जिल्लाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएको टोलीसँग सुनसरीका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले कतिपयले मास्क प्रयोग नगर्ने र प्रशासन कार्यालयले घोषणा गरेको निषेधाज्ञा समेत पालना नगर्ने देखिएको गुनासो गरे। उनले भने,‘सवैलाईं पक्राउ नै गर्ने र जरिवाना लिने पनि सम्भव नहुँदो रहेछ। व्यवहारिकतालाई पनि ध्यान दिनुपदो रहेछ।’
जिल्ला प्रशासन सुनसरीले अहिले तिहार र छठ पर्वलाई लक्षित गरेर सुनसरीमा फेरि निषेधाज्ञा जारी गरेको छ। तर, यहाँका जिल्लाभर शहरी क्षेत्र वा ग्रामीण क्षेत्रमा लाग्ने हाट बजारमा त्यसको फिटिक्कै कार्यान्वयन भएको छैन। कोरोना पूर्ण रुपमा सकिएको जस्तै गरि बजारमा चहलपहल हुने गरेको छ। सरकारी कार्यालय, गैरसरकारी र नीजि क्षेत्रमा पनि बाक्लो जमघट हुने गरेको छ। मास्क, सेनिटाइजर र सामाजिक दूरी पालनामा ध्यान दिएको नपाइएको मानवअधिकारकर्मी रमेश भट्टराईं बताउँछन्। मास्क नै प्रयोग नगरेपछि सेनिटाइजर र सामाजिक दूरी त कल्पना बाहिरको कुरा हुन पुगेको छ।
समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले गएको साउन महिनादेखि नै जिल्लालाई पटक–पटक निषेधित क्षेत्र घोषणा गर्दै भीडभाड नगर्न सूचना जारी गर्दै आएको छ। प्रशासनको आग्रहलाई अटेर गरी विभिन्न राजनीतिक दलका कार्यक्रम, धर्ना, जुलुस र प्रदर्शन हुँदै छन्। यसरी कार्यक्रम गर्दा सुनसरीमा राजनीतिक दलका नेता कोरोना संक्रमित भएपनि एकअर्काबीचको होडबाजीले रोकिएको छैन।
साउनयता मात्रै ६ पटक सुनसरीमा निषेधित क्षेत्र घोषणा गरि सकेको छ। कार्यान्वयन पक्ष निकै फितलो छ। जसले गर्दा महामारी बढ्दो गतिमा छ।
स्थानीय तहहरुले पनि कोरोना महामारीको शुरुवात चरणमा बजारमा हुने भीडभाड रोक्ने र सन्देशमूलक प्रचारप्रसार अभियान चलाउने गरेतापनि पछिललो समय रोकेका छन्। केही सातायतादेखि कोरोना भाइरसको कडा लक्षणसहितका संक्रमित हुने क्रम बढेको र मृत्युदर पनि बढ्दो छ। महामारी झनै फैलिइरहेकाले सर्वसाधारणले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना नगर्नुका साथै स्थानीय प्रशासनले पनि आफूले जारी गरेको निर्देशन कार्यान्वयन गराउन नसक्नुले थप भयावह स्थिती आउने खतरा छ।
सरकारले लकडाउनलाईं स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिएपनि त्यसको पालना नगर्ने प्रवृत्तिले नै खतरा ल्याउने छ। सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार १ गतेदेखि खुकुलो पार्ने निर्णय गरेको थियो।