बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना रुपन्देहीको देवदहका र अर्का एक गुल्मीका हुन्।
देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। कात्तिक २० गते कोरोना पुष्टि भएपछि २१ गते उनलाई कोरोना अस्पताल ल्याइएको थियो। मृतक एचआइभि पोजेटिभ रहेको डा. गौतमले बताए।
बिहीबारै उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिका १ का ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। गत १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि २० गते बुटवलको कोरोना विशेष अस्पताल ल्याइएको थियो। उनलाई मधुमेहको समस्या पनि रहेको डा. गौतमले जानकारी दिए।