बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत
२८ कार्तिक २०७७
•
२ मिनेट पाठ
बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत
दुर्घटनामा क्षतिग्रस्त भएको बस ।
तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्। दुर्घटनामा ८ जनाको घटनास्थलमा र एक किशोरीको उपचारका क्रममा डडेल्धुरा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाको सनाखत भएको छ।




दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द सोही ठाउँका २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्रप्रसाद जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी रहेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विज्नादेवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीका नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १४ आदर्शटोलका ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बैतडीको डिलासैनी गाउँपालिका–२, गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस करिब ६ सय मिटर तल खसेको छ। अधिक गति र क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

यो पनि पढ्नुहोस्

बैतडीमा बस दुर्घटना: नौको मृत्यु, ३४ घाइते

यो पनि पढ्नुहोस्

बैतडी बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको  सनाखत
अर्को समाचार
बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन्यो
२८ कार्तिक २०७७
•
३ मिनेट पाठ
बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन्यो
यसपालिको तिहार माइती घर बेलौरी कञ्चनपुरमा मनाउने ठूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन्। उनलाई अझै आफ्ना श्रीमान करनसिंह ऐरले यो संसार छोडेको थाहा छैन। आफन्तले बस दुर्घटनामा श्रीमानको मृत्यु भइसकेको जानकारी दिन सकेका छैनन्।  




दोगडाकेदार गाउँपालिका–६ कै बिमला बडु (जोशी) घाइते छोरासहित डडेल्धुरा अस्पतालमा छट्पटाइरहेकी छिन्। उनका श्रीमान डिलासैनी गाउँपालिकामा कार्यरत आलेप कविन्द्रप्रसाद जोशीको अवस्थाबारे कसैले बताएका छैनन्। उनका श्रीमान पनि कहिल्यै नफर्केने गरेर उनी र छोरालाई छोडेर गएका छन्। ‘बुहारी र नातीको डडेल्धुरामा उपचार भइरहेको छ। एक वर्षअघि मात्रै सरकारी जागीरमा लागेको थियो। हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भएको छ। दैवले पनि चाडपर्वमा सहन नसकिने चोट दिन्छ,’ आफन्त हेमराज जोशीले भने, ‘यो घटनाले कहिले नभुल्ने घाउ बनाएर गएको छ। कलिलो उमेर भतिजाको मृत्यु भएपछि परिवारमा बज्रपात भएको छ।’

बैतडीको डिलासैनी गाउँपालिका–२ गन्नाबाट महेन्द्रनगर जान हिँडेको बस पाटन नगरपालिका–८ खोडपेमा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन्। बिहीबार राती १०ः२५ बजे सडकबाट करिब ६ सय मिटर तल खस्दा धेरैले यो वर्षको तिहार मनाउन समेत पाएनन्।

तिहारको समय भएकाले गाडीमा खचाखच यात्रु थिए। चालक सहचालकसहित ३४ जना घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–६ का मात्र तीन जनाले ज्यान गुमाएका छन्। गाउँका होनहार युवाहरुको दुर्घटनामा मृत्यु भएपछि सान्नटा छाएको वडा अध्यक्ष लक्ष्मीदत्त जोशीले बताए। उनले भने, ’तिहारको मुखमा गाउँमा अन्त्यन्तै दर्दनाक घटना भयो। तीनजना युवकको मृत्युले वडामै शोकमग्न भएको छ।’  

तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ। चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गइरहेका थिए। यो घटनाले सबैलाई दुखित तुल्याएको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले बताए। चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको उनी बताउँछन्।

दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द सोही ठाउँका २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्रप्रसाद जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी रहेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विज्नादेवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलबारीका नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १४ आदर्शटोलका ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ‘बस बिग्रेकै थियो हामीलाई गन्तव्य पुग्नु थियो,’ अछाम जानका लागि सोही बसमा यात्रारत विरेन्द्र कार्कीले भने,‘बाटो भर बसलाई बनाउँदै चलाउँदै गरिरहेका थिए। हरचनको उकालोमा पनि विस्तारै चढेको थियो तर खोडपे बजार नआउदै खस्यो।’

पवनदुत यातायात प्रालिको ना ५ ख ५१४१ नम्बरको बस  दुर्घटनामा परेको हो। अधिक गति र क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बस चालक वीरेन्द्र कार्की पनि घाइते भएका छन्। गाडीमा पहिले कुनै खराबी नदेखिएको तर एक्कासि ‘स्टेयरिङ’ अड्किएर बायाँ मोड्न नपाउँदा भिरबाट खसेको उनले बताए। ‘उकालोमा दायाँ भिरको मोडबाट गाडीलाई बायाँतिर मोड्न सकिएन,’ उनले भने, ‘गाडी पल्टिन पुग्यो।’ उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस