पर्यटकीय नगरी सूर्याेदय नगरपालिकालाई विश्वभर चिनाउने उद्देश्यले १५ देशका राजदूत इलाम भ्रमणमा आएका छन् । नयाँ वर्षको अवसरमा उनीहरूले अन्तु, कन्यामलगायत पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् ।
परराष्ट्र मन्त्री आरजु राणा देउवासहितको टोली नयाँ वर्ष २०८२ अवसरमा सूर्याेदय नगरको भ्रमणमा आएको हो । सूर्योदय नगरपालिकाको स्थानीय संयोजनमा राजदूत र मन्त्रीले यहाँको अन्तुपोखरी, अन्तुडाँडा, स्थानीय सुन्दर चियाबारीलगायत अवलोकन गरेका छन् । उनीहरूले अन्तुपोखरीमा डुंगा सयर र फिसिङसमेत गरेका छन् । अन्तुको चियाबारीमा चिया टिपेका छन् भने दुई दर्जना हाराहारी गुणस्तरका तयारी चियाको स्वाद टेस्टसमेत गरेका छन् ।
सूर्याेदयको अन्तुपोखरीमा फिसिङ गर्दै राजदूतसहितको टोली । तस्बिर : भीम चापागाईं/नागरिकभ्रमण टोलीमा युके, स्विट्जल्यान्ड, इजिप्ट, थाइल्याण्ड, दक्षिण कोरिया, फ्रेन्स रिपब्लिक, अस्ट्रेलिया, इजरायल, जापान, श्रीलङ्का, बंगलादेश, मलेसियालगायत देशका राजदूत छन् । उनीहरूको भ्रमणले सूर्याेदय नगरसहित इलामको पर्यटन विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको सूर्याेदयका मेयर रणबहादुर राईले बताए । ‘मित्र राष्ट्रका राजदूतहरूले इलाम भ्रमण गर्नुले सिंगो इलामको पर्यटन विकासमा टेवा पुग्छ,’ उनले भने, ‘उनीहरूका माध्यमबाट अरू पर्यटक यहाँ आकर्षित गर्ने सम्भावना धेरै छ ।’
उनीहरूले कन्याममा घोडा चढेर पनि आनन्द लिए । स्थानीय जातजातिका सांस्कृतिक झाँकी र स्थानीय परिकारले उनीहरूलाई स्वागत गरिएको थियो । उनीहरूलाई चिया, दूध, अलैंचीलगायत स्थानीय उत्पादनसमेत चखाइएको छ । चियाको बोटमै आएर टिप्न र चाख्न पाउँदा आनन्द अनुभूत भएको अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले बताए । टोलीमा परराष्ट्र मन्त्रालयका कर्मचारी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिलगायतको समेत सहभागिता छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...