उपेन्द्र यादव, बारा, माघ २१ - बाराको पतरहटी ७ स्थित रहेको जनक सहनीको घरमा सुरक्षाकर्मीले छापा मारी भारत विहार मोतिहारी माधोपुरका अपहरित राकेश रन्जन सिंहलाई मुक्त गर्दै पाँच जना अपहरणकारीलाई पक्राउ गरेको छ।
सिंहलाई तीन दिन पहिला अपहरण गरी नेपाल भित्र्याएर सहनीको घरमा राख्दै आएकोमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करलाई सुराकीहरुले दिएको सूचनाको आधारमा आइतबार बिहान १ बजे देखि ३ बजेसम्म सशस्त्र प्रहरी निरीक्षक गणेशदत्त पाण्डे र नेपाल प्रहरी निरीक्षक केशरबहादुर कार्कीको कमाण्डमा खटेको सुरक्षाकर्मीको टोलीले अपहरितलाई सकुशल मुक्त गराएका हुन्।
पक्राउ पर्नेमा भारत विहार रक्सौलका दिनानाथ दास, अपहरितलाई राखेका घरका साहु जनक सहनी, पंचलाल सहनी र पर्सा एकटांगाका चन्दन कुमार सहनी र पर्साकै झकरा मसिहानीका शेषनाथ कुर्मी रहेको प्रहरीले बताएको छ।
अपहरित सिंहलाई अपहरणकारीहरुले दिउँसो गाउँ नजिकै रहेको उखु बारीमा राख्ने र राति सहनीको घरमा राख्ने गरेका थिए। अपहरितको परिवारसँग फिरौती लिनको लागि नेपाली रु. १६ लाख माग गरी लिन मान्छे समेत पठाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीमा सुरक्षा बल बाराका सशस्त्र प्रहरी उपरीक्षक कालीदास श्रेष्ठले बताएका छन।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ।