ताप्लेजुङमा एकैदिन थपिए ७ कोरोना संक्रमित
३० कार्तिक २०७७
•
१ मिनेट पाठ
ताप्लेजुङमा एकैदिन थपिए ७ कोरोना संक्रमित
ताप्लेजुङमा आइतबार एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ। यसअघि ५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका थिए।  




कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ अस्पतालले गत २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएको थियो। २१ जनाको स्वाब परीक्षणका लागि पठाउँदा ७ जनाको रिपोर्ट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले भने। स्वाब दिएका र शंकास्पद सबैले होम आइसोलेसनमा रहनुपर्नेमा त्यो नभएको पाइएपछि अब चाँहि कोरोना संक्रमण समुदायस्तरमा पुग्ने सम्भावना बलियो भएको छ।  

प्रजिअ चापागाँइले समुदायका सदस्यकै लापरबाही कारण कोरोना संक्रमण समुदायस्तरमा पुग्ने सम्भावना बलियो भएको बताए। ‘शंकास्पद आफैं सर्तक नहुने, स्वाब दिएर आइसोलेसनमा नबस्ने, व्यक्तिगत सुरक्षाका उपायको पूर्ण अवलम्बन नगर्ने कारणबाट कोरोना संक्रमण समुदायस्तरमा फैलन सक्ने सम्भावना देखिएको प्रजिअ चापागाँइले बताए। उनले संक्रमितको नजिकको सम्पर्कमा आएकाहरुलाई आ–आफ्नो स्थानमा सुरक्षित रहेर बस्न र केहि समस्या देखिए नजिकको स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेका छन्।  

संक्रमितहरुले आफू र आफू नजिक रहेकाहरुलाई समेत आइसोलेसनमा राख्न पर्ने दायित्व रहेको उनले बताए। स्वाब दिएका मध्ये केहि मात्र आइसोलेसनमा रहेको पाइएकोले खोज पड्तालको प्रारम्भिक काम भइरहेको उनले जानकारी दिए। समुदायस्तरमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना बलियो भएकोले अब प्रत्येक समुदायका सदस्यले सावधान, सचेत र स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न जरुरी भएको प्रजिअ चापागाँइको भनाइ छ।
अर्को समाचार
ताप्लेजुङमा थपिए १३ कोरोना संक्रमित, १० जना डिस्चार्ज
३० मंसिर २०७७
•
१ मिनेट पाठ
ताप्लेजुङमा थपिए १३ कोरोना संक्रमित, १० जना डिस्चार्ज
ताप्लेजुङमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत रहेको पाइएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए। त्यहाँ कार्यरत रहेका ४५ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो।  




पाथीभरा याङ्वरक गाउँपालिकामा रहेका १० जना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन्। अब ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ। यो भनेको मध्य तमोर जलविद्युत आयोजनाबाट पठाइएको स्वाब परीक्षण रिपोर्टबाट थपिएका नयाँ १३ कोरोना संक्रमितसहितको संख्या हो।  

सोमबार फेरि १ सय ३४ जनाको स्वाब लिइ परीक्षणका लागि पठाइएको समेत प्रजिअ चापागाँइले जानकारी दिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस