सोलुखुम्बु, माघ २५- सोलुखुम्बुको सल्लेरी गाविस-५ का नीमा शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी रु ५९ लाखको क्षति भएको छ। गएराति भएको आगलागीबाट शेर्पाको चारतले घरका साथै घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए।
प्रनाउ बस्नेतका अनुसार रातको समयमा भएको आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए। सबैको प्रयासबाट आगो अन्यत्र फैलनबाट रोकिएको थियो।
सदरमुकाम सल्लेरीमा बर्सेनि आगलागीबाट ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ। आगलागी नियन्त्रण तथा कम क्षति हुने अवस्था सिर्जना गर्नका लागि पूर्वाधार तयारको चर्चा हुने गरेको भए पनि हालसम्म केही काम भएको छैन।
ठाउँठाउँमा ट्याङ्की बनाएर पानी जम्मा गर्ने, आगलागी नियन्त्रणका उपकरणहरु राख्ने चर्चा आगलागी भएको समयमा हुने गरेको छ, तर त्यसतर्फ ठोस काम भएको छैन। पछिल्लो पाँच वर्षमा सल्लेरीमा भइरहेका आगलागीबाट करोडौँको धनमाल क्षति भइसकेको छ। रासस