डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले दसैंअघि एक क्वीन्टल सोना मन्सुली चामल किन्न २० हजार रुपैयाँ खर्च गरे। त्यहीँ चामल अघिल्लो वर्षसम्म गाउँमा साढे पाँच हजारमा पाइन्थ्यो। सडकले नछोएको डोल्पोमुद्ध चीनसँग सीमा जोडिएको गाउँपालिका हो। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गाउँपालिकाको केन्द्र धोमै बिक्री डिपो छ। स्थानीयहरु ढुवानी अनुदानको चामल सस्तोमा पाउँथे। खाद्यको गोदाममा चामल नपाएपछि मात्रै स्थानीयहरु नजिकको चीनका बजार जान्थे। कोरोनाका कारण चीनसँगको सीमा अहिलेसम्म बन्द छन्।
चीनको बाटो हुँदै धो बिक्री केन्द्रसम्म आउने चामल अघिल्लो वर्षको साउनदेखि रोकिएको छ। छिमेकी जिल्ला जाजरकोट र सदरमुकाम दुनैबाट स्थलमार्गबाट गाउँसम्म पुग्ने खाद्यान्न स्थानीयले खरिद गर्दा महंगो पर्न जान्छ।
‘पैसा हुनेले महंगोमै भएपनि चामल किनेर भात खान्छन्, नहुनेहरु आलु र उवामा छाक टारिरहेका छन्’, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘संघ र प्रदेश सरकारलाई खाद्यको चामल पठाइदिन पटक–पटक अनुरोध गरेपनि सुनुवाई भएको छैन।’ उनले कोरोनाका कारण अघिल्लो वर्ष स्थानीयहरुले यार्सा टिप्न नपाउँदा थप समस्या भएको बताए। ‘यहाँका स्थानीयको मुख्य आम्दानी यार्सा हो, त्यो पनि यो कोरोनाले रोकियो’, उनले भने, ‘त्यसमाथि चीनसँगका नाका बन्द हुँदा उत्तरी क्षेत्रका नागरिक ठूलो समसयामा छन्।’ डोल्पोबुद्ध गाउँपालिकाको जनसंख्या २३ सय छ।
अध्यक्ष गुरुङले सदरमुकाम दुनै आएर खाद्यान्न खरिद गर्न चार–पाँच दिन समय लाग्नुका साथै महंगो पर्ने भएकाले अनुदानको खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिदिन प्रदेश सरकारलाई पटक–पटक लिखित तथा मौखिक अनुरोध गरिएको बताए। ‘डिपोमा खाद्यान्न भइदिए जनताले सस्तोमा किनेर खान्थे’, उनले भने, ‘कोरोनाका कारण सरकारी अनुदानको चामल नआउँदा जनताले महंगोमा खाद्यान्न खरिद गर्नुपरेको छ।’
चीनसँग जोडिएको डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिकाका पनि खाद्यान्न संकटमा छ। अध्यक्ष टसी तुन्डुप गुरुङले दैनिक उपभोग्यबस्तुको अभाव हुँदा जनता मारमा परेको बताए। ‘अघिल्लै वर्षको बाँकी रहेको खाद्यान्नले केही समय धान्यो, स्थानीय उत्पादन आलु र उवाँ चार महिनालाई मात्रै पुग्छ’, अध्यक्ष गुरुङले भने, ‘एक महिनादेखि यहाँ खाद्यान्न संकट छ।’
शे–फोक्सुण्डो भुगोलका हिसावले सबैभन्दा ठूलो स्थानीय तह हो। यहाँको जनसंख्या ४२ सय छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि दुई हजार क्विन्टल खाद्यान्न शे–फोक्सुण्डोका लागि छुट्याएको थियो। डोल्पोबुद्धका लागि तिब्बतको मोरिम र र शे–फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो।
खाद्यान्न पठाउन बल्ल टेण्डर
चीनसँग सीमा जोडिएका डोल्पाका उत्तरी क्षेत्रमा खाद्यान्न अभाव भएपछि कम्पनीको कर्णाली प्रदेश कार्यालयले तीन हजार ७५ क्वीन्टल खाद्यान्न स्थलमार्गबाट पठाउनका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ। प्रदेश कार्यालयका माधव मिश्रले खाद्यान्न संकट भोगिरहेका डोल्पाका तीन वटा गाउँपालिकाका लागि खाद्यान्न पुर्याउन टेन्डर प्रक्रिया सुरु गरिएको बताए। उनले डोल्पोबुद्ध गाउँपालिकाको धो डिपोका लागि ८७५ क्वीन्टल, छकातोङ्खुक गाउँपालिकाको ढारगाउँका लागि सात सय क्वीन्टल र शेफोक्सुण्डो गाउँपालिकाको साल्दाङ डिपोका लागि एक हजार पाँच सय क्वीन्टल खाद्यान्न स्थलमार्गबाट पुर्याउनका लागि टेण्डर आव्हान गरिएको बताए।
प्रदेश कार्यालयले धो डिपोका लागि १० दिन, ढारगाउँ डीपोका लागि १२ दिन र साल्दाङ डिपोका लागि १५ दिनको समय राखेको छ। प्रदेश कार्यालय प्रमुख मिश्रले सदरमुकाम दुनैसम्म संघीय सरकार र त्यहाँबाट सम्वन्धित डीपोसम्म लाग्ने खर्च कर्णाली प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए। ‘उत्तरी क्षेत्रका यि डीपोहरुमा केन्द्रीय कार्यालयले चीन हुँदै पठाउने गरेकोमा कोरोनाका कारण सुर्खेतबाट पठाउन लागेका हौं’, उनले भने, ‘सदरमुकामसम्म संघीय सरकारको नियमित बजेटमार्फत र त्यहाँबाट सम्वन्धित डीपोसम्म प्रदेश सरकारको बजेटमार्फत पुर्याउने व्यवस्था मिलाएका छौं।’