बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा शनिबार राति एउटा जंगली हात्तीको मृत्यु भएको छ। कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रमा निरन्तर रुपमा जंगली हात्तीको समूहले मानव वस्तीमा प्रवेश गर्ने गरेकोमा कञ्चनरुप वडा नं. ५ मा बिजुलीको पोल लडाएर तार लत्रिएर जेलिदा बुढो दाह्रे हात्तीको मृत्यु भएको हो। कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीका अनुसार बिजुलीको पोलमा हात्तीले प्रेसर दिँदा केही भाग लडेर तार लत्रिएपछि त्यसैमा जेलिएर मृत्यु भएको हो।
यतिबेला धानी बाली भित्र्याउने सिजन भएकाले गर्दा हात्ती आरक्षको मध्यवर्ती क्षेत्रका विभिन्न स्थानका किसानले लगाएको धान बाली नष्ट गर्ने गरेको छ। जंगली हात्ती समूह समूहमा विभाजित भएर हिड्ने गरेपनि शनिबार दाह्रे हात्ती भने एक्लै रहेको आरक्ष प्रशासनले जनायो।
मृत्यु भएको हात्तीको आइतबार पशु चिकित्सकको टोलीले पोष्टमार्टम गरेपछि दाहसंस्कार गरिएको छ। वार्डेन चौधरीका अनुसार हात्तीलाई गणेश भगवान मानेर हिन्दु संस्कार अनुसार जुन स्थानमा मरेको हो, त्यही दाहसंस्कार गरिएको हो।
कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १७ वटाको संख्यामा हात्ती रहेका छन्। तिनैले वस्तीमा प्रवेश गरि अन्नबालीमा क्षति पुर्याउनुका साथै घर भत्काउने गरेको छ।
कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हात्ती थिए। पछि तिनै हात्तीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। थप तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका हुन्।
सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ।
नेपालमा कुल २०० देखि २२५ वटा जंगली हात्ती छन्। कोशी टप्पुमा १७ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।