प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाबाट ठूलो परिणाममा अवैद्य सालको काठ बरामद गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोलीले १२९.६३ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तोरीबारी र घरभित्र लुकाएको काठसँगै तस्करी हुँदै गरेको अवस्थामा काठसहित तीन जनालाई पक्राउ गरिएको हो।
प्रहरीले भेरीगंगा नगरपालिका–४ को टनिखोलाका ४६ वर्षीय उदिराम खत्रीको तोरीवारीबाट ११४.४७ क्युफिट सालको काठ बरामद गरेको छ। सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालयको व्यूरो टोली र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले खत्रीले तोरीबारीभित्र लुकाएर राखेको सालको १३६ थान कडी र पाँच थान गोलिया बरामद गरिएको प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए। काठसहित उनलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै सोही ठाउँका ३८ वर्षीय खिमराज खत्रीको घरभित्रबाट ७.११ क्युफिट काठ बरामद गरिएको उनले जानकारी दिए। खिमराजको घरबाट सालको ४.८६ क्युफिट र जामुनको २.२५ क्युफिट काठ बरामद गरिएको उनले जानकारी दिए।
प्रहरी निरीक्षक चौधरीले भेरीगंगा नगरपालिका–१० ठुलाखालबाट छिन्चु आउँदै गरेको भे१ह ३३४१ नम्वरको अटोबाट ८.५ क्युफिट सालको चिरान काठ पनि बरामद भएको बताए। ‘काठसँगै अटो चालक ४१ वर्षीय अलबहार पुनमगरलाई पनि नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘थप अनुसन्धानका लागि काठसहित पक्राउ परेकाहरुलाई डिभिजन वन कार्यालयको जिम्मा लगाएका छौं।’