मधुसुदन गुरागाईं, बनेपा, फागनु ४- काभ्रेको कानपुरबाट जन्ती लिएर दाप्चा खनालथोक जाँदै गरेको बा २ ख ९५०१ नम्बरको मिनी ट्रक कानपुरमै पल्टँदा २ जना मृत्यु भएको छ। दुर्घटनामा परी दुलाहा प्रविन परियारको हात भाँचिएको छ भने २० जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइँदैछ। मृत्यु हुनेमा मुप्छे गाविस -५ का २६ वर्षीया जगदीश नेपाली र कानपुर गाविस - २का काउचे भनिने कान्छा भुजेल छन् । ट्रक सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो।
चालक रामकुमार भुजेलका अनुसार बाटोमा मन्दिर आएपछि एक्कासि ट्रक पल्टेको थियो । उनले भने, 'खै के भयो के । ट्रक गुडिरहेको थियो। मन्दिर आयो। त्यसपछि त पत्तै पाइन एकैचोटी दुर्घटना परेको थाहा भयो।' उनले यही सडकमा ४ वर्षदेखि ट्रक चलाइरहेका थिए।