एसओएस बालग्राम सुर्खेतले बालबालिकाहरुका लागि साइबर सुरक्षा र यौन दुर्व्यवहारविरुद्धको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कोरोना संक्रमणका कारण इन्टरनेटमार्फत अनलाइन कक्षाहरु सञ्चालन भइराखेका बेला बालग्रामले विद्यार्थीहरुलाई यो विषयमा प्रशिक्षण दिन थालेको हो।
बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले अनलाइनको दुरुपयोग रोक्न र यस सम्बन्धी विद्यार्थीहरुलाई सचेत गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए। ‘कोरोना संक्रमणपछि विद्यालयहरू अहिले अनलाइनमार्फत सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘बन्द कोठाभित्र बसेर मोवाइल, ट्याव, ल्यापटप कम्प्युटरमार्फत हुने साइबर अपराध रोक्न र यसको दुरुपयोगबाट हुने सजायका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिन आवश्यक देखिएकाले कार्यक्रमको आयोजना गरेका हौं।’
उनले इन्टरनेटको सदुपयोग भए बरदान हुने र दुरूपयोग भए अभिसाप हुने बताए। ‘अनलाइन कक्षाका लागि गोप्य कोठामा बसेका आफ्ना नानी–बाबुहरुले के गरिरहेका छन् भन्ने कुरा अभिभावकलाई थाहा हुँदैन,’ प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले भने, ‘तर, विश्वले तपाईहरुका सबै क्रियाकलाप हेरिरहेको हुन्छ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक कनक शाहीले साइवर अपराध र यसको दुरुपयोग हुँदा पर्ने प्रभावका बारेमा प्रशिक्षण दिएका थिए। उनले लाइक, कमेन्ट गर्दा, ब्राउजर खोल्दा, सामाजिक सञ्जालमा साथी बनाउँदा धेरै सचेत हुनुपर्ने बताए। उनले अहिले विश्वमा ८० प्रतिशत अपराधहरु साइबरमार्फत हुने गरेको जानकारी दिए।