काठमाडौँ, फागुन ७ (नागरिक)- प्रजातन्त्र दिवसका दिन प्रजातन्त्र कहाँ छ खोज्दै अकुपाइ बालुवाटार सत्याग्रहवालाहरुले बिहान साढे १० बजेदेखि बालुवाटारबाट शहीदगेटसम्म उज्यालोमै मैनबत्ती र राष्ट्रिय झण्डा बोक्दै यात्रा गर्दैछन्।
आयोजकहरुले प्रजातन्त्र, न्याय र कानुनी शासन कहाँ छ भन्ने प्रश्न राख्दै यात्रामा सहभागी हुन सामाजिक सञ्जालमार्फत् आह्वान गरेका छन्।
महिला हिंसाको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिकै गत पुसदेखि अकुपाइ बालुवाटार नामबाट बिहान केही घण्टा धर्ना भइरहेको छ।
प्रदर्शनकारीहरुले अदालती आदेश पालना गर्नुपर्ने, बलात्कारसँग सम्बन्धित कानुनहरु संशोधन गरी उजुरी गर्ने समयसीमा ३५ दिनलाई हटाउनु पर्ने, सबै सरकारी निकायमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गरिनुपर्ने, खाडी देशमा जाने महिलालाई ३० वर्षको समयसीमा हटाउनु पर्ने, फास्ट ट्र्याक अदालत गठन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।