लोपोन्मुख जनावर नीलगाईको बाछो बिहीबार मोरङको रंगेली नगरपालिका–३ स्थित दौलतपुरमा भेटिएको छ।
स्थानीयले हरिण भनेर मार्न लागेको अवस्थामा प्रहरी पुगी नीलगाईको बाछो उद्वार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जारी गरेको विज्ञप्तिमा हरिणको उद्वार गरी वन कार्यालयमा बुझाएको भनिए पनि वन कार्यालयले नीलगाईको बाछो रहेको जनाएको छ।
पोखरीको डिलमा चर्दै गरेको बाछोलाई स्थानीयले हरिण भनेर मार्नलाई नियन्त्रणमा लिन खोजिरहेको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काको टोलीले त्यसलाई नियन्त्रणमा लिँदै वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।
उर्लाबारीको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं सहायक वन अधिकृत तारणि चौधरीका अनुसार प्रहरीले जनावरको सही पहिचान गर्न नसक्दा नीलगाईको बाछोलाई हरिण भनिएको हो। ‘भारतबाट चर्दै नेपाल छिरेको नीलगाईको बाछो अलमलिएर यतै रहेको हुन सक्छ,’ सहायक वन अधिकृत चौधरीले भने, ‘यो बाछो वर्ष दिनको जति हुनु पर्छ। माउसँगै भारतबाट चर्दै यहाँ आइपुग्दा बाटो बिर्सेर यतै रहेको हुनसक्छ। दुर्लभ एवं संरक्षित वन्यजन्तुभित्र पर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ।’
‘माउसँगै चर्दै चिसाङ खोलाको किनार हुँदै भारततिरबाट छिरेको हुनसक्छ,’ चौधरीले भने, ‘माउ आएकै स्थानतर्फ फर्किए पनि बाछोले बाटो बिर्सिएको हुनुपर्छ वा मान्छे या अरू कनै जीवलाई देखेर माउ तर्सिएर भागेको र बाछो भने भाग्न नसकेर यहाँ रहेको पनि हुनसक्छ।’
पूर्वी नेपालमा नपाइने नीलगाई भारततिरबाट चर्दै आउने क्रममा मात्रै देखिने गरेको छ। चितवनतिर नीलगाई पाइए पनि पूर्वी नेपालमा भने नपाइने गरेको चौधरीले बताए।
बाछो ५० किलो तौल बराबरको रहेको बताए। उर्लाबारीको मंगलबारे लगेर बस्ने संरचना तयार गर्दै त्यसलाई सुरक्षितसाथ राखिएको छ। चौधरीले बस्नलाई आवश्यक संरचना तयार गरेपछि बाछो संरक्षण र पालनपोषणका लागि पथरीशनिश्चरेमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको जिम्मा लगाइने बताए।