बैतडीको सिमार प्रहरी चौकीका सबै प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। डिलासैनी गाउँपालिका–३ स्थित सिमार प्रहरी चौकीमा कार्यरत ९ जना प्रहरी र थप अर्का एक गरी १० जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भेटिएको हो।
प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षकसहित ९ जनामै कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उनले बताए।
कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ। यस्तै शुक्रबार नै डिलाशैनी ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ। यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।