७० सालमा सय दिन बिदा
०९ फागुन २०६९
•
४ मिनेट पाठ
७० सालमा सय दिन बिदा
अर्जुन सुवेदी, काठमाडौं, फागुन १० - सरकारले २०७० सालभर झन्डै सय दिन सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले ७० सालभरका सार्वजनिक, चाडपर्व, दिवसका बिदाहरूको सूची सार्वजनिक गरेको हो। सरकारले बिदा तोकेका दिनमा आकस्मिक अवस्थाबाहेक सरकारी कार्यालय र सेवा बन्द हुनेछन्।

'बिदाको क्यालेन्डर सार्वजनिक गरेका छौं,' गृह प्रवक्ता शंकर कोइरालाले भने 'विशेष परिस्थितिबाहेक दिवस, पर्व र शनिवार बिदा उक्त सूचनाअनुसारै हुनेछ।'
मन्त्रालयले सार्वजनिक गरेको बिदा सूचीअनुसार पात्रो तयार गर्न पञ्चांग निर्णायक समितिको तयारी अन्तिम चरणमा पुगेको छ। 'गृहबाट स्वीकृत बिदाअनुसारै पात्रो सार्वजनिक गर्ने तयारीमा छौं,' समितिका सदस्य-सचिव सूर्यप्रसाद ढुंगेलले भने 'अर्काे साताभित्र पात्रो बजारमा आइपुग्छ।'
मन्त्रालयका अनुसार लोकतन्त्र घोषणापछि जातीय चाडपर्वलाई समेत बिदा दिन थालिएको र केही बिदा कटौती गरिएको थियो। पछिल्लोपटक गत वर्षभन्दा यो वर्ष बिदामा खासै हेरफेर नभएको मन्त्रालयले जनाएको छ। गत वर्ष क्यालेन्डरमा लोकतन्त्र दिवसका दिन बिदा उल्लेख नभए पनि पछि सरकारले बिदा दिने निर्णय गरेको थियो।
ग्रह, नक्षत्र, तिथि, घडी हिसाब गरेर चाडपर्वबारे धर्मगुरु, विज्ञ र ज्योतिषसँग छलफलपछि वर्षभर लगाएर बनाइएको क्यालेन्डर समितिले मन्त्रालयबाट स्वीकृत गराएको थियो। समितिले गृहबाट स्वीकृत भएपछि फागुन १४ मा पात्रो सार्वजनिक गर्ने तयारी गरेको छ।
क्यालेन्डर अनुसार बिदा हुने प्रमुख चाडहरूमा उभौली पर्व जेठ ११, जनैपूर्णिमा भदौ ५, गाईजात्रा भदौ ५, गौरा पर्व भदौ १२, इन्द्रजात्रा असोज २, छठ कात्तिक २३, माघी पर्व माघ १, महाशिवरात्री फागुन १५, फागुपूर्णिमा चैत २ लगायत छन्।
त्यसैगरी दसैं बिदाअर्न्तगत असोज १९ गते घटस्थापना परेको छ। असोज २५ गते फूलपातीदेखि ३० गते द्वादशीसम्म सरकारले बिदा दिएको छ। पात्रोअनुसार असोज २७ गते आइतबार विजयादशमी परेको छ। कोजाग्रत पूर्णिमा कात्तिक १ गते पनि बिदा छ।
तिहारमा लक्ष्मीपजा, कात्तिक १७ गते, १८ गते गोवर्द्धन पूजा र १९ गते भाइटीका गरी तीन दिन बिदा दिने निर्णय भएको छ। त्यसैगरी रामनवमी वैशाख ६ गते, बुद्धजयन्ती जेठ ११ र श्रीकृष्णअष्टमी भदौ १२ गते बिदा दिने निर्णय भएको छ। गृह मन्त्रालयबाट प्रकाशित सूचनाअनुसार विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत ध्यान दिई बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्नसक्ने भनिएको छ।
अर्को समाचार
०८१ सालमा पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
०४ फागुन २०८०
•
१ मिनेट पाठ
०८१ सालमा पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो
सरकारले आगामी वर्ष ०८१ सालमा पृथ्वी जयन्तीको दिन पुस २७ र सहिद दिवसको दिन माघ १६ गते सार्वजनिक बिदा दिने भएको छ। ०८१ सालमा यी दुई दिन थप बिदा घोषणा भएका हुन्।

०८१ सालमा दिइने सार्वजनिक बिदाको सूचि सरकारले राजपत्रमा प्रकाशित गरेको छ। प्रकाशित सूचि अनुसार सरकारले वैशाख १ गते नयाँ वर्षको दिन र वैशाख ५ गते राम नवमीको दिन बिदा दिने भएको छ। वैशाख पूर्णिमाको अवसर पारेर सरकारले वैशाख १० गते बिदा दिने भएको छ।

सरकारले सार्वजनिक गरेको बिदाको सूचि अनुसार भदौं ३ गते (रक्षाबन्धन) तथा भदौं १० गते (श्रीकृष्ण जन्माष्टमी पर्व) पर्व बिदा दिइएको छ। 

०८१ सालमा घटस्थापना १७ असोजमा परेको छ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ। दसैँ बिदा असोज २४ देखि असोज २८सम्म दिइएको छ। यसैगरी तिहार बिदा कात्तिक १५ देखि कात्तिक १९ सम्म ४ दिनका लागि बिदा दिइएको छ।

०८१ सालमा छठ पर्व कार्तिक २२ तथा क्रिसमस डे पुस १० परेको छ। यी दुई दिन सरकारले सार्वजनिक बिदा दिएको छ। 

यसैगरी मंसिर ३० गते धान्य पूर्णिमा, पुस १५ मा तमु ल्होसारमा पनि सरकारले बिदा दिने भएको छ। यसैगरी माघ १ गते माघे सक्रान्तिको दिन सरकारले बिदा दिने भएको छ।

माघ १७ गते सोनाम ल्होसार तथा फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ। यी दुई दिन पनि सरकारले सार्वजनिक बिदा दिने भएको छ। 

०८१ सालमा ५३ शनिबार परेका छन्। सामान्यतया एक वर्षमा शनिबार ५२ वटा पर्छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस