महायज्ञ लगाउँदा योजना थिएनन्। योजना नहुँदा झण्डै ११ वर्षअघि लगाइएको महायज्ञको पैसा उठेको छैन। अब महायज्ञमा सम्बोधन गरिएको पैसा उठाउँदै खस–आर्य संग्रहालय निर्माणको योजना पुरा गर्ने लक्ष्यमा क्षत्री समाज नेपाल छ।
२०६६ सालमा पोखराका नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महायज्ञ आयोजना गरिएको थियो। महायज्ञमा दुई करोड रुपैयाँ बोलिएको रकम उठन बाँकी छ। समाजले महायज्ञमा बोलिएको रकम उठाउँदै खस–आर्य संग्रहालय निर्माण खर्च गर्ने योजना बनाएको छ। पोखरा–९ नयाँबजारस्थित क्षत्री समाज नेपालको कार्यालय परिसरमै खस–आर्य सग्रहालयको भौतिक पूर्वाधार निर्माण शुरु गरिसकेको छ। ११ आना क्षेत्रफलमा संग्रहालयको पूर्वाधार निर्माण शुरु गरिएको छ।
पहिलो तला ढलान गरी दोस्रो ढलानको तयारीमा छ। ‘सग्रहालयको भौतिक पूर्वाधार निर्माण शुरु गरिसकिएको छ। महायज्ञमा बोलिएको रकम उठाएर यसैमा खर्च गर्दै छौं।’ क्षत्री समाज नेपालका उपाध्यक्ष कृष्ण थापाले भने–‘महायज्ञको दुई करोड रुपैयाँ बोलिएको रकम उठाउँदै छौं।’ उनका अनुसार स्व. सुर्यबहादुर केसीको परिवारबाट ७५ लाख रुपैयाँ उपलब्ध गराउने बचन छ। क्षत्री डाक्टरहरुको तर्फबाट २५ लाख रुपैयाँ आउन बाँकी छ। ‘कुन पार्टमा कसरी खर्च गर्ने भन्ने योजना छ। चिकित्सकहरुको २५ लाख रुपैयाँ स्वास्थ्य क्षेत्रमा खर्च गर्ने कि भन्ने छ’ उनले भने।
खस–आर्य संग्रहालयको योजना पुरा गर्दा ७ करोड खर्च हुने अनुमान छ। योजनालाई गण्डकी प्रदेश सरकारले दुई चरणमा गरी ९० लाख रुपैयाँ उपलब्ध गराईसकेको छ। ‘सामाजिक विकास मन्त्रालय र पर्यटन मन्त्रालय मार्फत ९० लाख रुपैयाँ प्राप्त भएको छ।’ निर्माण अनुगमन समितिका संयोजक समेत रहेका थापाले भने–‘महानगरले २५ लाख रुपैयाँ दिएको छ।’ महायज्ञबाट उठ्न बाँकी रकम पछि संग्रहालय पुरा गर्न देशव्यापी अभियानमा जुट्ने छौं।’ पहिलो तलामा क्षत्री समाजको भातृ संस्थाहरुको कार्यालय राखिने योजना छ। दोस्रो तलामा खस–आय संग्रहालय रहने छ। त्यसैमा पुस्तकालय समेत राखिने छ। तेस्रो तलामा सभाहल बनाइने छ। ‘पुस्तकालयको लागि आवश्यक सामग्रीको व्यवस्थापन पोखरा–६ भट्टराई परिवारले खर्च गर्ने छन्’ उनको भनाइ थियो। संग्रहालयमा क्षत्री समुदायले दैनिक जीवनमा प्रयोग गरिने सामानहरुलाई राखिने छ।
क्षत्री समुदायले प्रयोग गर्ने, बस्त्र, अस्त्र, कृषि कर्ममा प्रयोग हुने सामान, साँस्कृतिक झल्काउने पहिरन लगायतका समान राखिने गण्डकी प्रदेश सदस्य कुमार खड्काले बताए। ‘देशभर क्षत्र समुदायले प्रयोग गरिने सामानहरु म्युजियमा राख्न खोजीकार्य शुरु गरिसकिएको छ’ संघीय महिला तथा बालबालिका मन्त्री समेत भईसकेका खड्काले भने–‘म्युजियम भविष्यमा खस–आर्य सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने खालको बनाउनुपर्छ।’ म्युजियम बनाईसकेपछि सबैखाले अध्ययन गर्न सहज हुनुपर्छ। पूर्व मन्त्री समेत रहेको प्रदेश सदस्य खड्काकै पहलमा गण्डकी प्रदेश सरकारले दुई चरणमा बजेट उपलब्ध गराएको हो।
पोखरामा फरक सँस्कृतिका संग्रहालय छन्। हिमाल तथा पर्वतारोहण सम्बन्धी अध्ययन गर्नको लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय छ। नेपाली मौलिक सँस्कृति सम्बन्धी अध्ययन गर्ने पोखरा–९ नयाँबजारमा क्षेत्रीय संग्रहालय छ। त्यसैगरी पोखराको पृथ्वीनारायण क्याम्पस भित्र पुतली सम्बन्धी अध्ययन गर्न रुचाउनेलाई पुतली संग्रहालय छ।
त्यसैगरी बीर गोर्खालीको इतिहास झल्काउने पोखरा–१ दिपमा गोर्खा संग्रहालय छ। निर्माणाधीन खस–आर्य संग्रहालय निर्माणपछि पोखरामा सबै विषयमा अध्ययन गर्न सकिन्छ। पोखरा संग्रहालयको शहर समेत हुने छ।