मन्त्रालयले हल नदिएपछि राष्ट्रिय अपाङ्ग महासंघद्वारा पेटीमा पत्रकार भेटघाट आयोजना
१७ मंसिर २०७७
•
२ मिनेट पाठ
मन्त्रालयले हल नदिएपछि राष्ट्रिय अपाङ्ग महासंघद्वारा पेटीमा पत्रकार भेटघाट आयोजना
मन्त्रालय परिसरको पेटीमा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम । तस्बिर : सन्देश/नागरिक
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले हल उपलब्ध नगराएपछि राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले मन्त्रालयको पेटीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ। मन्त्रालयले पहिले दिन्छु भनेर पत्रकार बोलाउन लगाएपनि पछि हल उपलब्ध नगराएपछि मन्त्रालयको पेटीमै महासंघले पत्रकार भेटघाट आयोजना गरेको हो।




अपाङ्गता भएका व्यत्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर)को अवसरमा सामाजिक विकास मन्त्रालयसँगकै सहकार्यमा आयोजना गर्ने साप्ताहिक कार्यक्रमबारे बुधबार मन्त्रालयको हलमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भनिएको थियो। सोहि अनुसार आयोजक राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी तथा पत्रकारहरु तोकिएकै समय अपराह्न ३ बजे सामाजिक विकास मन्त्रालय प्राङ्गण पुगेका थिए। तर राष्ट्रिय अपाङ्ग महासंघलाई दिने भनिएको हलमा अर्कै कार्यक्रम भइरहेको भन्दै करीब १ घण्टा कुराईयो। १ घण्टा कुर्दापनि कार्यक्रम नसकिएपछि महासंघले मन्त्रालय परिसरकै पेटीमा ब्यानर टाँगेर पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्‍यो।

पत्रकार भेटघाटको सुरुमै राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले मन्त्रालयले दिन्छु भनेको हल अन्तिममा नदिएको प्रति आपत्ति जनाए। उनले अपाङ्गता भएकाहरुलाई राज्यले कसरी हेर्छ भन्ने कुरा यस घट्नाले छर्लङ्ग पार्ने बताए। हामी पनि बेवारिसे संस्था होइनौं,‘उनले भने,‘हाम्रो संस्था हल नै जुटाउन नसक्ने हैसियत नभएको संस्था होइन, हामीलाई पहिले नै जानकारी दिएको भए पेटीमा कार्यक्रम गर्नु पर्ने थिएन।’ उनले राज्यले अपाङ्गता भएकाहरुलाई सँधै हेला, दुर्व्यवहार र मानमर्दन गर्ने गरेको र आजपनि त्यहि व्यवहार दोहोर्‍याएको आरोप लगाए। ‘अपाङ्गता भएकालाई कसरी विभेद गरिन्छ, कसरी हेला गरिन्छ र दुर्व्यवहार गरिन्छ भन्ने यसले छर्लङ्ग पारेको छ’–उनले भने।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले भने हल अन्तिम समयमा उपलब्ध गराउन नसकेकोप्रति माफी मागिन्। हलमा ठूला मान्छेहरुको कार्यक्रम भएकाले आफूले केहि भन्न नसकेको भन्दै उनले आगामी दिनमा यसलाई सुधार्ने प्रतिबद्धता जनाइन्।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले साप्ताहिक कार्यक्रम २९ औं अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर)को अवसरमा साप्ताहिक कार्यक्रम गर्ने जनाएको छ। जस अन्तर्गत पहिलो दिन आज पत्रकार भेटघाट कार्यक्रम तथा कोभिड–१९ ले अपाङ्गता भएका व्यक्तिहरुमा पारेको प्रभाव विषयमा भर्चुअल अन्तर्क्रिया गरेको जनाएको छ।

त्यस्तै मंसिर १८ गते मूल कार्यक्रम हुने र सो कार्यक्रम पनि भर्चुअल नै हुने, मंसिर २१, २२ र २३ गते स्थानीय तहसँग अपाङ्गताको सवालमा छुट्टाछुट्टै अन्तर्क्रिया (भर्चुअल), र मंसिर २२ गते नै अपाङ्गता भएका महिलामाथि हुने हिंसा र न्यायमा पहुँच विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने जनाइएको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस