२९ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बिहीबार अपांगता भएकाहरुलाई अपांगता सहायक सामग्री वितरण गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच ८९ जना अपांगता भएकाहरुलाई अपांगता सहायक सामाग्री वितरण गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले अपांगता भएका व्यक्तिहरुको सीप प्रस्फुटन गराउन उनीहरुमा लुकेको सीपलाई उजागर गरी फरक क्षमता भएको व्यक्तिको रुपमा हेर्नुपर्ने उल्लेख गरे। आजको प्रविधिको युगमा अपांगता भएका व्यक्तिहरुलाई प्रविधि मैत्री सामग्रीहरु प्रयोग गरी समाजमा आपूmमा भएको कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिए।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं अपांगता भएका व्यक्तिहरुको परिचय वितरण सम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकामा रातो कार्ड प्राप्त गर्ने ८९ जना पूर्ण अपांगता, नीलो कार्ड प्राप्त गर्ने दुई सय ३८ जना आंशिक असक्त, पहेलो कार्ड प्राप्त गर्ने एक सय ४३ जना र सेतो कार्ड प्राप्त गर्ने ३८ जना गरी पाँंच सय आठ जना अपांगता भएको व्यक्तिहरुलाई कार्ड वितरण गरेको बताइन्। उनले नगरपालिकाले हरेक वर्ष शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै गत वर्ष १५ लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु संचालन गरेको पनि जनाइन्।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं समन्वय समितिका सदस्य श्यामकृष्ण खत्रीले सहायक समाग्री माग गर्ने ८९ जना अपांगता भएका व्यक्तिहरुमध्ये ट्वाइलेट र ह्विल चेयर ७ जना, ह्विल चेयर १८ जना, वाकर ६ जना, सेतो छडी २ जना, कालो चश्मा १ जना, बैशाखी ४ जना, कान सुन्ने मेशीन २१ जना, हिट बेल्ट ३ जना, एअर मेट्रेस ३ जना, लौरो ३ जना र अन्य समाग्री २१ जना रहेका जानकारी गराए।
समितिकै संयोजक डा. रत्नसुन्दर लासिवाले अपांगता भएका व्यक्तिका परिवारमा हेरचाह गर्ने व्यक्ति आर्थिक कार्यमा संलग्न हुन नसकी आर्थिक रुपमा कमजोर हुन गई खानपानका कारण स्वास्थ्यमा नकारात्मक असर पर्न जाने भएकोले अपांगता जनस्वास्थ्य सरोकारको विषय भएको बताए।
कार्यक्रममा कार्यपालिका सदस्य एवं समन्वय समितिका सदस्य रोशनमैंया सुवालले अपांगता भएका व्यक्तिहरुको माग बमोजिमको कोभिड–१९ महामारीको कारण वितरण गर्न बाँकी अन्य सहायक सामग्रीहरु सम्बन्धित वडा कार्यालयहरुमार्पmत अपांगता भएका व्यक्तिहरुको घरघरमा पुर्याइने जानकारी गराइन्।