प्रदेश नं १ का २८ वटा स्थानीय तह र भुमिसम्बन्धी समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार प्रदेश राजधानी विराटनगरमा प्रदेशका स्थानीय तहका पदाधिकारी र आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। यो सँगै प्रदेश १ मा आयोगले समझदारी पत्रमा हस्ताक्षर गरेको स्थानीय तहको संख्या ३० पुगेको छ। यसअघि उदयपुर र झापाका २ वटा स्थानीय तहसँग हस्ताक्षर गरेर काम अघि बढीसकेको छ। सोमबार २८ स्थानीय तहमध्ये सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका पनि रहेको छ। धरान प्रदेश नं १ को सबैभन्दा बढी सुकम्बासी तथा अव्यवस्थित बसोबासको समस्या भएको स्थानीय तह हो।
आयोगमा प्रदेश नं १ बाट सदस्य रहेका गोपाल गुरागाईका अनुसार हालसम्म समझादारी भएका प्रदेश १ का ३० स्थानीय तहमा करिब डेढ लाख परिवारको भुमि समस्या रहेको छ। ती परिवारमा करिब साढे ७ लाख जनसंख्या रहेका छन्। प्रदेश १ का सबै स्थानीय तहमा डेढ बर्षभित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने लक्ष्य राखिएको गुँरागाईले बताए। ‘प्रदेश १ को मुल समस्या हल गरौं भनेर लागेका छौं। डेढ बर्षभित्र सक्छौं, ’उनले भने, ‘यो प्रदेशमा लगभग ५ लाख परिवारको समस्या छ, यो भनेको करिब १५ लाख जनसंख्या हुन्छ।’
आयोगले भूमि सम्बन्धी समस्या दीर्घकालिन रुपमा समाधान गर्ने लक्ष्य लिएर प्रक्रिया अघि बढाएपछि देशैभरका समस्या हल हुने अपेक्षा गरिएको छ। स्थानीय तहहरुको प्रमुख समस्या मध्येमा भूमि समस्या पनि एक हो। विशेष गरि धरान, इटहरी, दमकलगायत तीव्र सहकरीकरण भइरहेको क्षेत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या पनि निवार्चित जनप्रतिनिधिहरुलाई टाउको दुःखाई बनिरहेको छ। ‘धरानको पनि प्रमुख समस्या सुकम्बासी तथा अव्यवस्थित बसोबास रहेको छ, अब यो समस्या समाधान हुनेछ भन्ने आशा छ,’धरानका मेयर तिलक राईले भने,‘ आयोगसँग समझदारी पत्रमा हस्ताक्षर भयो। अब ऐन, नियमावली, कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया, कामहरु अघि बढाउछौं।’
भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन गर्ने, प्रमाणित गर्ने काम स्थानीय तहले गर्नुपर्ने हुन्छ। यसको लागि स्थानीय तहले सुचना जारी गरेर निवेदन लिने र प्रमाणित गरेर आयोगलाई पठाउने काम गर्छ। अयाोगबाट पुर्जा आएपछि स्थानीय तहले नै वितरण पनि गर्ने अधिकार प्राप्त छ। आयोगका सदस्य गुरागाईले भने,‘भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबास भएकाहरुलाई व्यवस्थित गर्ने गरि काम शुरु भएको हो। यस्तो आयोग यो नै अन्तिम हो, भविष्यमा अब भुमि समस्या नदेखिने गरि काम हुन्छ।’
गुरागाईका अनुसार स्थानीय तहहरुले छानबिन, प्रमाणित गरी अन्तिम नामावली आयोगमा पठाउनेछ। स्थानीय तहमा समस्या देखिए सहजीकरण गर्नको लागि सर्वदलीय समिति पनि गठन हुने उनले बताए। आयोगमा पुगेको नामावलीलाई आयोगले पनि भेरिफाई गर्ने काम गर्ने र पुर्जा स्थानीय तहमा पठाउने उनले बताए। ‘यो सबै काम सम्पन्न गर्न कम्तीमा ६ महिना समय लाग्छ,’उनले भने,‘भुमिहिन सुकुम्बासी र भुमिहिन दलितको परिवारको नाममा अधिराज्यभर कहीकतै जग्गा छैन भने निःशुल्क लालपुर्जा पाउछन्।’
अव्यवस्थित बसोबास भएकाहरुलाई भने आयोगले वर्गीकरणको आधारमा दस्तुर तोकेर मापदण्ड पुरा भएकाहरुलाई पुर्जा उपलब्ध गराउने आयोगले जनाएको छ। खोला, नदी किनार, सडकको मापदण्ड, जंगलमा बसेको, धार्मिक, सँस्कृतिक महत्वका जग्गामा बसेका अव्यवस्थित बसोबास भएकाहरुले भने पुर्जा नपाउने व्यवस्था छ। हाल गठन भएको आयोगले विगतका आयोगहरुले गरेको कामलाई पनि पुर्णता दिने अधिकार रहेको गुरागाईले बताए।