चितवन, फागुन २९ - पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा सोमबार साँझ फेला परेको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार स्थानीय नवराज पौडेलको केरा बारीमा सकेट बम फेला परेको हो।
पौडेलले बारी खनजोत गर्ने क्रममा बारीको केरा घारीमा बम फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
बम हालसालै राखिएको नभई माओवादी द्वन्द्वका बेलामा फालिएको भएको प्रहरी प्रमुख थापाले जानकारी दिए। सो क्षेत्रको भण्डारामा यसैगरी बेवारिसे बम पड्किँदा दुई स्थानीयको ज्यान गएको थियो। रासस