देवेन्द्र बस्नेत, दाङ (देउखुरी) फागुन ३० - रापती नदीमा माछा मार्ने क्रममा दाङ देउखुरी सतबरियामा २ ब्यक्तिको डुबेर मृत्यु भएको छ। सतबरिया ९ 'हात्तीखाल'का बुद्धिराम कुमाल र उनका भाइ नरबहादुरको माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।
मंगलबार दिउँसो ३ बजे देखि नदीमा बेपत्ता भएका उनीहरु बुधवार बिहान मृत अबस्थामा भेटिएका थिए। उनीहरु राजपुर र सतबरियाको सिमानामा पर्ने 'फिनाह' भन्ने स्थानमा माछा मार्ने क्रममा डुबेका हुन्। मंगलवार बेलुकीदेखि खोजी गरिरहेका प्रहरी र स्थानीयले बुधवार बिहान ९ बजेतिर डुबेकै स्थानमा उनीहरुको शब फेला पारेका हुन्।
मृतक कुमाल दाजुभाइले रापतीमा माछा मारेर बिक्री गर्दै आएका थिए।