पत्रकारका लागि मासिक चार हजार पेन्सन
२५ मंसिर २०७७
•
३ मिनेट पाठ
पत्रकारका लागि मासिक चार हजार पेन्सन
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ। सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ। पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार  कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो।  




पेन्सन दिनका लागि यसअगावै हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको छ। उक्त रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ। यही बैंकमा यसअघि मुद्दति खातामा रहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए। पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यही मङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ।  

महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो। लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो।  

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि सङ्घ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए। ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ। सिफारिसका लागि पत्रकार महासङ्घ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासङ्घ मकवानपुर शाखाको पूर्वअध्यक्षहरुमध्येबाट एक जना सदस्य र पत्रकार महासङ्घ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ।  

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासङ्घ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ। मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासङ्घको जानकारीमा आएमा लगत कट्टा गरिने महासङ्घ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए।  

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासङ्घ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए।  

पेन्सन कोषको सञ्चालन महासङ्घ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति सङ्घ, सस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने छ। नेपाल पत्रकार महासङ्घ मकवानुर शाखामा हाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासङ्घमा सिफारिस गरिएको शाखाले जनाएको छ।
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
१० मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस