नक्कली परीक्षार्थी पक्राउ
२५ मंसिर २०७७
•
१ मिनेट पाठ
नक्कली परीक्षार्थी पक्राउ
प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा सहभागी आठ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। लोकसेवा आयोगको कार्यालय सुर्खेतमा भएको परीक्षामा सहभागी आठ नक्कली परीक्षार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।  




जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भगवतीमाई गाउँपालिका–७ दैलेखका कमल विकको स्थानमा परीक्षा दिने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेखका रणबहादुर रावलको स्थानमा परीक्षा दिने १९ वर्षीय रामबहादुर कार्की, भगवतीमाई गाउँपालिका–७ दैलेख का चक्रराज विकको स्थानमा परीक्षा दिने २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेखका चन्द्रबहादुर रानाको नाममा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेखका २० वर्षीय रमेशप्रसाद न्यौपाने पक्राउ परेका हुन्।  

यस्तै भेरी नगरपालिका–१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।  

मंसिर २० गतेदेखिसञ्चालन भएको प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ।
अर्को समाचार
हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ
१२ साउन २०८१
•
१ मिनेट पाठ
हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ
हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सिटिईभिटीद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।




हेटौँडा ४ स्थित भुटनदेवी माविबाट ४ जना र हेटौँडा २ मा रहेको सिद्धार्थ माविबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । बाराको परानीपुर नगरपालिका २ बस्ने २० वर्षका नरेन्द्र महतोले रौतहटका १९ वर्षका असाब आलमको परीक्षा दिइरहेको अवस्थामा फेला परेका हुन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिका ८ का १५ वर्षका रुपेश यादवले सोही स्थानका १८ वर्षका निमेष राय यादवको परीक्षा दिएको, सर्लाहीको विष्णु गाउँपालिका ७ का १८ वर्षका राजीवकुमार राउतले सिराहाका १८ वर्षका ललनकुमार यादवको परीक्षा दिएको, रौतहटको गरुडा नगपालिका २ का १८ वर्षका लालबाबु सहनीले सर्लाहीका १८ वर्षका सुनिल महतोको परीक्षा दिएको र धनुषा उपमहानगरपालिका १२ का २० वर्षका रमेश यादवले बाराको पचरौता गाउँपालिका ५ का राकेशकुमार ठाकुरको नामको परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए । 

अर्काको नाममा परीक्षा दिनेहरू अधिकांश तराई मदेसका रहेको उनले बताए । हेटौडासहित देशैभर शनिबार डिप्लोमा र प्रि–डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको परीक्षा सञ्चालन भएको थियो । नक्कली परीक्षार्थीहरूलाई मुद्दा दायर गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख रिजालले बताए ।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस