कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित ७ कपिलधाम नजिकै कोईली नदीको कजबेबाट खसेर एक जनाको मृत्यु भएको छ। बुधबार साँझ साईकलसहित कजबेबाट खसेर नगरपालिका वडा नम्बर ९ चौवाह टोलका ५२ वर्षीय दामोदर आचार्य बेपत्ता भएका थिए। प्रहरीले खोजतलासपछि उनी खोलामा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए।
उनी मजदुरी गरी घर फर्कने क्रममा साईकल सँगै नदीमा खसेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
उनी मजदुरी गरी घर फर्कने क्रममा साईकल सँगै नदीमा खसेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।