खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या
२६ मंसिर २०७७
•
५ मिनेट पाठ
खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या
मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो। त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयकोे भनाइ छ।  




राष्ट्रिय मानवअधिकार आयोगको टोली स्थलगत अनुगमन गर्न गएको छ भने नेपाल मानवअधिकार संगठन काठमाडौंले घटनाको भत्र्सना गरेको छ।
विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिए पनि राम्रोसँग विकास भएको छैन। हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन्। ‘हामीले यहाँका नेता र सरकारसँग धेरै अघिदेखि सुरक्षाको माग गर्दै आएका थियौं। अहिलेसम्म यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनका लागि चासो देखाएका छैनन्,’ स्थानीय भन्छन्, ‘त्यसैले हत्याजस्तो अपराध भएको छ।’  

मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ। ‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ ? अब विद्यालयको हालत के होला ? उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए।  

उक्त क्षेत्र पर्ने प्रदेशसभा सदस्य कुलप्रसाद सम्बाले त्यहाँका जनताले ठूलो तनाव र असुरक्षित महसुस गरिरहेको बताए। ‘घटनाअघि हामी त्यहाँ जाँदा सबै आउने, गफ गर्ने माहोल थियो, अहिले शून्यता छाएको छ। सडक विकासका क्रममा एक वर्षअघि तीनवटा एक्साभेटर जलाउँदा संघीय सरकारका गृहमन्त्रीकहाँ डेलिगेसन गएका थियौं र हामीले गृहमन्त्रीलाई नै भेटेर त्यस क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प राख्नुपर्छ भनेका थियौं,’ प्रदेशसभा सदस्य सम्बाले भने, ‘यहाँको अवस्थाको प्रधानमन्त्रीदेखि लिएर प्रायः सबै मन्त्रीलाई थाहा छ। आज त्यो कुराको सुनुवाइ नहुँदा यहाँका जनता असुरक्षित भए। यसको जिम्मा सरकारले लिँदै श्रेष्ठलाई सहिद घोषणा गर्नुपर्छ। यो विप्लवले नै गतिविधि गरेको हो भने सरकारले कानुनबमोजिम कारबाही गर्नुपर्छ।’

१० वर्षे द्वन्द्वकालमा पूर्व–पश्चिम राजमार्गको उत्तरी सबै क्षेत्र तत्कालीन माओवादीको आधार इलाका थियो। त्यस इलाकामा सुरक्षाकर्मीको उपस्थिति रहँदैनथ्यो। त्यतिखेर मोरङको उर्लाबारी र बेलबारी प्रहरी कार्यालयबाहेक अन्य सुरक्षा निकायको तैनाथी थिएन। दुवै कार्यालयले उत्तरी मोरङको सुरक्षा अवस्था हेर्थे। माओवादीको सेना, पार्टीका सम्पूर्ण गतिविधि र योजना त्यहाँबाट यस क्षेत्रका लागि सञ्चालन हुन्थ्यो। त्यहाँ सैनिक तालिम सञ्चालन, पार्टीका योजना निर्माण, हतियार व्यवस्थापनलगायत गतिविधि हुने गथ्र्यो। त्यस ठाउँमा हुने अपराधका गतिविधि रोक्न स्थानीयको मागलाई पूरा गर्न सरकारी निकायले चासो नदेखाउँदा अप्रिय घटना भएको सांसद सम्बाले बताए।  

द्वन्द्वको समयमा लेटाङमा एउटा सैनिक ब्यारेक थियो भने ६ नम्बर बुधबारेमा एउटा संयुक्त रूपमा सेना, सशस्त्र र नेपाली प्रहरीको ब्यारेक थियो। त्यसबाहेक अन्य कुनै पनि ठाउँमा राज्य पक्षका सुरक्षाकर्मी थिएनन्। मोरङको ठूलो भिडन्त जाँतेमा हुँदासमेत धनकुटा, ताप्लेजुङ, पाँचथर र इलामबाट माओवादी सेना जंगललै जंगलको बाटो प्रयोग गरेर आएका थिए। उनीहरूलाई त्यस क्षेत्रमा सेल्टरका रूपमा प्रयोग गर्न भौगोलिक अवस्थाले ठूलो साथ दिएको थियो। उत्तरी मोरङमा निकै विकट, सडकलगायत अन्य कुनै कुराको पहुँच नहुँदा माओवादीलाई आफ्ना गतिविधि सञ्चालन गर्न धेरै सहज भएको स्थानीयको भनाइ छ।  

प्रहरी अपरेसन सुरु  

प्रधानाध्यापक हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजीका लागि नेपाल प्रहरीले विशेष ‘सर्च अप्रेसन’ थालेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ। विप्लव समूहको मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीविरुद्ध सुराकी गरेको आरोपमा हत्या गरिएको हो। हाम्रो पार्टीका गतिविधिको सुराकी गर्दै सूचना दिएको, ब्युरो सदस्य बसेको सूचना दिएर पक्राउ गराएको र बारम्बार सच्चिनका लागि भन्दा पनि नमानेकाले हत्या गरिएको हो।’

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि श्रेष्ठको परिवारले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। घरैबाट अपहरण गरेर जंगलमा पुर्‍याएपछि विप्लव समूहको टोलीले श्रेष्ठको हत्या गरेको हो। शव भेटिएभन्दा केही वर मोबाइल, टोपी, लुगा, चप्पल र भुइँमा रगत लटपटिएको भेटिएकाले सोही ठाउँमा घाँटी बाँधेर, थिचेर, रेटेर र लट्ठी (हरियो र सुकेको) ले प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यापछि शव झाडीभित्र फालेको हुन सक्ने अनुमान गरेको छ।  

‘घटना भएको थाहा पाएलगत्तै सुरक्षाकर्मी गयौं,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘अहिले अर्का डिएसपीको कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी घटनाको अनुसन्धान गरिरहेका छौं। गाउँको सुरक्षाका लागि दुवै प्रहरीका टोली खटिएका छन्। त्यस इलाकामा ‘सर्च अप्रेसन’ थालेका छौं। त्यहाँबाट बाहिरिने अन्य जिल्लाका नाकामा समेत प्रहरी परिचालन गरी निगरानी बढाएका छौं।’  

विभिन्न संघसंस्थाको विरोध

एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटीले घटनाको विरोध गरेको छ। संगठनका गाउँपालिका अध्यक्ष लोकनाथ रिमालद्वारा जारी विज्ञप्तिमा घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख छ। ‘यस संगठनका सदस्य तथा कार्य क्षेत्रमा अहोरात्र खटिने विकासप्रेमी शिक्षकको हत्या हुनु अत्यन्तै दुःखद र कायरतापूर्ण घटना हो,’ विज्ञप्तिमा भनिएको छ। संगठनले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कारबाही, पीडित पक्षलाई उचित क्षतिपूर्ति, मृतक शिक्षकलाई सहिद घोषणालगायत माग गरेको छ।  

त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोग विराटनगर स्थलगत अनुगमन गर्न गएको छ भने नेपाल मानवअधिकार संगठन काठमाडौंले घटनाको भत्र्सना गरेको छ। नेपाल शिक्षक महासंघ मोरङले घटनाको घोर भत्र्सना गर्दै शान्तिसुरक्षाको माग गरेको छ। घटनाको विरोध गर्दै महासंघले बिहीबार एक दिन जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको छ र दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडा कारबाहीको माग गरेको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस