कपिलवस्तुको शिवराजन नगरपालिका–५ चन्द्रौटामा शनिबार मध्यरातमा एक महिलाको सिलौटो प्रहार गरी हत्या गरिएको छ। मेरी स्टोप चोक नजिकै भाडामा बस्ने घरमा ५५ की शुशिला खड्काको टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेकी हुन्। मृतक खड्का मकुल मियाको घरमा बिगत १५ वर्षदेखि डेरा गरी बस्दै आएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।
महिलाको शव आगनमा मृत अवस्थामा भेटिएको टाउकोमा चोट लागेको र घट्नास्थल नजिकै रगत लागेको सिलौटो फेला परेको खेरेलले बताए। मृतक महिला दाङको सतबरियाकी हुन्। घटना पछि प्रहरीले मृतक महिलाको भतिज वर्ष २३ का तोरणबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनसन्धान भईरहेको प्रहरी निरीक्षक खरेलले बताए। मृतकको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको छ।
एक साताअघि पनि कृष्णनगर नगरपालिकाको सिर्सिहवामा एक युवती हत्या गरी रुखमा बाँधिएको अवस्थामा फेला परेकी थिइन्।