जितेन्द्रकुमार झा, राजविराज, चैत्र ७ - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनगरमा मालबाहक ट्रकले ठक्कर दिदाँ एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपनगर गाविस-५ निवासी दिनेश भुजेलको ७ वर्षीय छोरा सागर भुजेल छन्। स्थानीय लिटिल फ्लावर स्कुलबाट पढेर घर आएका भुजेलको खेल्न निस्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कञ्चनपुरले जानकारी दिए।
पश्चिबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २८१७ नम्बरको ट्रकले आज साँझ ४ बजे सडक पार गर्दै गरेका एक बालक भुजेललाई ठक्कर दिएको हो। बालक सागरलाई मारेको भन्दै आक्रोशित बासिन्दाहरुले सो ट्रकमा आगजनी गरिदिएको छ।
आगोलाई नियन्त्रण गर्न नसकेका कारण ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यता ठक्कर दिने ट्रकका चालक फरार छन् भने बालकको शव सडकमै राखेर आक्रोशित सर्वसाधारण प्रदर्शन गरीरहेका छन्। प्रदर्शनका कारण हाल पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।