दूरी छोट्याउँदै जलमार्ग
०१ पौष २०७७
•
४ मिनेट पाठ
दूरी छोट्याउँदै जलमार्ग
भोजपुर हतुवागढी गाउँपालिका–१ घोडेटारका मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्रै समय लाग्छ । चतराबाट सप्तकोसीमा पानी जहाज अर्थात् ‘जेटबोट’ सञ्चालन भएपछि उनलाई धरान आवतजावत गर्न पानी पधेरो जस्तै भएको छ ।




कुनै समय धरानबाट घोडेटार पुग्न हिँडेर जानुपथ्र्यो । त्यसरी घोडेटार पुग्न २ दिनसम्म लाग्थ्यो । हिजोआज बढीमा २ घण्टाभित्रै घोडेटार पुग्न सकिन्छ । ‘पहिला दुई दिनमा पुग्ने घोडेटार अहिले दुई घण्टामै पुगिन्छ,’ राई भने, ‘कोसीमा आधुनिक जेटबोट चलेपछि धेरै सजिलो भएको छ ।’ 

चतराबाट अहिले ३ वटा कम्पनीको करिब १५ करोड लगानीमा ६ वटा पानी जहाज तथा जेटबोट सञ्चालन गरिरहेका छन् । यसले यात्रा गर्न सहज बनाइदिएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा निर्मित कोसी पुल आसपासबाट पानी जहाज चल्न थालेपछि भोजपुरका दक्षिणी भेगका स्थानीयलाई सुविधा पुगेको छ । भारी बोकेर घन्टौं यात्रा गर्नुपर्ने बाध्यता छैन । काम विषेशले तराई झर्नुपर्दा उनीहरू जेटबोटकै सहारा लिन्छन् । चतराबाट अहिले ३ वटा कम्पनीको ६ वटा पानी जहाज तथा जेटबोट सञ्चालन गरिरहेका छन् ।

चतराबाट बराहक्षेत्र, त्रिवेणी हुँदै एकतर्फ भोजपुरकै चुहारासम्म चल्छ भने अर्कोतर्फ सिम्ले, गाडी स्टेण्डसम्म पुग्छ । भोजपुरको हतुवागढी, रामप्रसाद गाउँपालिका मात्रै होइन, उदयपुरको मैनामनी र धनकुटाका स्थानीयहरूलाई पनि सुविधा पुगेको छ ।  

जेटबोटमा करोडौं लगानी

अढाई वर्षदेखि सञ्चालन भइरहेको बराहक्षेत्र म्यारिनका सञ्चालक नविन पौडेल हुन् । आफूले पानी जहाज नै सञ्चालन गरेको उनको दाबी छ । उनका ४ वटा पानी जहाज छन् । उनले पानी जहाज नै दाबी गर्नुको कारण हो, अन्य जेटबोटको जस्तो नभै पानी जहाजकै सिस्टम ‘डाइरेक्ट ड्राइभ’ बाट सञ्चालन हुन्छ । ‘मेरो ४ वटा पानी जहाज छ, यो पानी जहाजकै सिस्टम हो । त्यसैले पानी जहाज नै भन्नुपर्छ,’ उनले भने, ‘लगानी १० करोड भन्दामाथि भइसकेको छ ।’

उनको ४ वटा मध्ये एउटा ८५ जना क्षमताको ठूलो पानी जहाज छ । त्यहाँ एयर कन्डिसन र शौचालयको व्यवस्था पनि छ । अर्को २५ जना क्षमता रहेको मध्यम जहाज डलब इञ्जिन भएको छ । अन्य दुई वटा जहाज भने १०/१० जना यात्रु क्षमता भएको सिंगल इञ्जिनका भएको नविनको भनाइ छ ।  

२०७३ सालदेखि बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालि सञ्चालनमा आएको हो । कम्पनीको एउटा मात्रै जेटबोट छ । सञ्चालक विमलमान श्रेष्ठका अनुसार तीन करोड भन्दाबढी लगानी भएको छ । कोसीमा जेटबोटमा विभिन्न कम्पनीको समग्रमा १५ करोड बढी लागनी भएको उनले बताए ।

हाल सञ्चालनमा रहेको अर्को जेटबोट नेपाल रिभर ट्रान्सपोर्ट कम्पनीको हो । यो कम्पनीले भरतपुर नगरपालिकासँग सम्झौता गरेर ल्याएर जेटबोट कोसीमा ल्याएर सञ्चालन गरेको हो । भरतपुर नगरपालिकासँग २०५६ मा सम्झौता भएको थियो । २०६२ सालदेखि कोसीमा सञ्चालन हुँदै आएको सञ्चालक अनिष थापाले बताए । 

वाटर एम्बुलेन्सको सुविधा

जेटबोटले विषेश गरि भोजपुरको दक्षिणी भेगका स्थानीयको दैनिकी फेरिएको छ । बिरामीका लागि वाटर एम्बुलेन्स नै बनेको छ । बिरामीलाई चडो अस्पताल पुर्‍याउनका लागि जेटबोट भरपर्दो सहारा बनेको छ ।

गर्भवती महिला, कुनै घटना एवं दुर्घटनामा गम्भीर घाइते भएकालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याउनका लागि जेटबोट नै एक मात्र सहारा भएको स्थानीयको भनाइ छ । पहिले बिरामीलाई अस्पताल पुर्‍याउन घन्टौं समय लाग्थ्यो त्यहीँ कारणले कतिको बाटोमा नै ज्यान जान्थ्यो, तर अहिले तत्काल उद्दार गरेर चतरा हुँदै धरान, विराटनगरलगायतका सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन निकै सहज भएको छ ।  

पर्यटन विकासमा योगदान

जेटबोट एवं पानी जहाजमा सञ्चालनमा आएपछि पहाडी क्षेत्रका स्थानीयलाई सुविधा मात्रै नभई पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुगेको बुद्धिजीवीहरूको भनाइ छ । जेटबोट सञ्चालन पछि बराहक्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । जेटबोटको कारणले चतरा, बराहक्षेत्र आन्तरिक पर्यटकको गन्तव्य हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानीजहाज चलाउने उद्घोष गरेका थिए । त्यहीँ चर्चाको बीचमा कोसीमा पानी जहाज सञ्चालन भएको चर्चाले आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीयको भनाइ छ ।

लकडाउन अघि भारतको विहारबाट पनि थुप्रै पर्यटकहरू घुम्न आउँथे । प्रशिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर पनि जेटबोटबाट पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरू आकर्षित भएका हुन् । सुनसरी र उदयपुर जोड्ने चतरामा नवनिर्मित कोसी पुलको आसपासबाट जेटबोट तथा पानी जहाज सञ्चालन हुन्छन् ।  

मर्मतमा बढी खर्च  

कोसीमा जेटबोट सञ्चालकहरू सुरुमा जति उत्साहित थिए, अहिले खासै छैनन् । यसको कारण हो, जेटबोट बिग्रीएपछि मर्मतमा लाग्ने खर्च । कोसी नदी संसारकै दोस्रो धेरै वालुवा बक्ने नदीमा पर्छ । यसले गर्दा जेटबोटको इञ्जिन बिग्रीने गर्दछ । कोसीका ठूलाठूला ढुंगा र र्‍यापिडले पनि इञ्जिनलाई असर पुर्‍याउने गरेको सञ्चालकको भनाइ छ । मर्मतका लागि नेपालमा यसका कुनै पनि सामान नपाइने हुँदा थप समस्या हुने गरेको बराहक्षेत्र जलयातायातका सञ्चालन श्रेष्ठले बताए ।  

सरकारी स्तरबाट पनि सहयोग नहुँदा व्यवसायीलाई थप समस्या हुने गरेको उनको गुनासो छ । केही समयअघि पहाडी क्षेत्रमा जेटबोट सञ्चालकले सुरक्षा चुनौती खेप्नुपरेको उनी बताउँछन् । स्थानीयवासीले विभिन्न माग राखेर जेटबोट अवतरण गर्न दिएका थिएनन् । अहिले उक्त समस्या समधान भएको छ । ‘राज्यबाट अनुदान त के बैंकले ऋण समेत दिँदैन,’ सञ्चालक श्रेष्ठले भने, कानुन समेत नहुँदा थप समस्या भएको छ । यसमा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यता छ ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस