मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाऊ
मान्छे नमर्ने शहर हुँदैन ।
गीतकार कृष्णहरि बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागि लेखेको गीतका यी हरफ जस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ३४ वर्षीया अनिता सुवेदीको जीवन कथा छ। तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचिरहेकी छिन् उनी।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मिर्गौला फेरर निको हुने मन छ। आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ। उनी भन्छिन्, “कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने?”
मिर्गौलाको समस्याका कारण उनको अनुहार सुन्निएको छ। निको हुनलाई सुई खोप्दाखोप्दा हातमा झनै घाउ बनेको छ। तैपनि निको हुने आश मरेको छैन। तर आर्थिक अभावको मार बेस्सरी खेपेकी छन् उनले।
उनको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ। नेपाल सरकारले गरेको व्यवस्थाअनुसार निःशुल्क डायलासिस हुन्छ। तर डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधि र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन उनलाई। हप्तामा पाँच हजार रुपैयाँ हाराहारीमा खर्च हुने गरेको उनले बताइन्।
मिर्गौला फेल भएको थाहा पाएदेखि वर्षदिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उनले बताइन्। दुई वर्षदेखि भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भइरहेको छ। कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन्। दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उनलाई सहयोग आइरहन्छ। “कहिले घरमै आएर सहयोग दिनुहुन्छ। कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउँदै हिँड्छौं,” उनले भनिन्।
अनितासँगै ६० वर्ष नाघेकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठाउँदै हिँड्छीन्। “उपचार गराउनलाई आफूसँग सुक्को रकम छैन। सहयोग नउठाए छोरीको उपचार हुँदैन,” उनले भनिन्,“श्वास रहुञ्जेल आश लाग्दो रैछ क्यारे। मागेरै भए पनि उपचार गराउन पाइयो भने त दुई चार दिन बढी छोरी बाँच्ली।’’
अनिताका दाजु ३८ वर्षीय अर्जुन विस्तारामै थला परेका छन्। सानै छँदा घरको छतबाट खसेका उनको उपचार हुन पाएको छैन। तीन वर्ष अगाडिसम्म घिस्रिएर दिसापिसाब गर्नलाई शौचालयसम्म जाने उनी स्याहार पाउन छाडेपछि थला परेका छन्। हर प्रहर विस्तारामा गुजुल्टिएर बस्छन्।
छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताइन्। उनले भनिन्,“एउटीलाई त उपचार गराउन सकिएको छैन। छोरोलाई कसरी लैजाम अस्पताल।” अनिताको कान्छा भाइले घरखर्च चलाउन तरकारी बेच्ने गर्दछन्। बहिनीलाई भने परिवारको रेखदेखमै ठीक्क छ। रासस