हेटौंडा, चैत १३- मकवानपुर जिल्लामा आजदेखि दैनिक दुई घण्टा विद्युत् भार कटौती घटेको छ। यहाँ दैनिक १० घण्टा विद्युत् कटौती हुँदै आएकामा आज बिहानदेखि दुई घण्टा घटाएर आठ घन्टामा झारेको नेपाल विद्युत् प्राधिकरण मध्यमाञ्चल ग्रीड महाशाखा हेटौंडाले जनाएको छ। मकवानपुरमा अब हप्तामा ५६ घण्टामात्र विद्युत् भार कटौती हुने बताइएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयमा नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारी, विभिन्न राजनीतिक दल र सरोकार पक्षबीच सोमबार भएको वार्ताअनुरुप दैनिक दुई घण्टा विद्युत् भार कटौती घटाउने सहमति भएको जिप्रका मकवानपुरले जनाएको छ।
जिल्लामा दैनिक दुई घण्टा विद्युत् भार कटौती घटाइएकाले राप्रपा नेपालको राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन मकवानपुरले जिल्लामा विद्युत् भार कटौती मुक्त पार्नुपर्ने माग राख्दै विगत एक महिनादेखि गर्दै आएको आन्दोलनको कार्यक्रम आजदेखि फिर्ता लिएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्टले राससलाई बताए।
मकवानपुर जिल्लामा निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएपछि जिल्लामा विद्युत् भार कटौतीको समस्यालाई वैकल्पिक रुपमा निकास दिनेतर्फ सरोकार पक्ष, स्थानीय प्रशासन, नेपाल विद्युत् प्राधिकरणबीच समझदारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीले बताए। रासस