गुल्मीमा इरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दरबार गाउँपालिकाको चारपाला घुम्तिदेखि तम्घास जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा भगेरी भन्ने स्थानमा शुक्रबार राती साढे ८ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा रिक्सा चालक रेसुङ्गा नगरपालिका १२ का ३० वर्षीय तेजबहादुर रानाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ। दुर्घटनामा परी रेसुङ्गा नगरपालिका २ का सुरज बिक, मिलन बिक, रोशन परियार र रेसुङ्गा १२ का रमेश खत्री घाइते भएका छन्। घाइते मध्ये एक जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा, एकजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र दुई जनाको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ।
रातीको समयमा रिक्सा सडकदेखि २ सय मिटर तल खसेको थियो। तीन साताअघि पनि गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।