काठमाडौं उपत्यकाबाट १८ पेट्रोल पम्प हटाइँदै
०५ पौष २०७७
•
२ मिनेट पाठ
काठमाडौं उपत्यकाबाट १८ पेट्रोल पम्प हटाइँदै
ललितपुरको ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा आगलागी हुँदा जलेको ट्यांकर । तस्बिर : नागरिक
ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले। प्रहरी र दमकल छिटो पुगेका कारण क्षति कम भयो। घर, बिजुलीका तार र वर्कसप पम्पमा जोडिएका कारणले ठूलो क्षति हुने अनुमान गरे पनि समयमै दमकल पुग्दा ठूलो क्षति हुन पाएन। ग्वार्कोको उज्ज्वल पेट्रोल पम्प मात्रै होइन, उपत्यकाका १८ वटा पेट्रोल पम्प अति जोखिमपूर्ण ठाउँमा छन्।  




मानव बस्ती र पम्पबीचको दूरी नजिक हुँदा जोखिम बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले घना बस्तीका बीचमा रहेका पेट्रोलियम पदार्थजन्य पम्प र सवारीले जोखिम बढाएको बताए। उनले सानो कमजोरीबाट ठूलो क्षति हुने हुँदा पूर्वसावधानी अपनाउनु नै बेस हुने जानकारी दिए। ‘ललितपुर क्षेत्रमा बनेका पम्पहरू पनि उत्तिकै जोखिम छन्, अति प्रज्वलनशील पदार्थ भएकाले घर र पम्पको दूरी केही पर हुनुपर्छ, नत्र ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्यता हुन सक्छ।’ उनले पम्पहरूलाई व्यवस्थित गर्न सरकारले उचित मापदण्ड बनाएर व्यवस्थि र सुरक्षित गराउनुपर्ने बताए।

जोखिममा रहेका १८ वटा पम्प सार्न नेपाल आयल निगमले पम्प सञ्चालकलाई दुईपटक परिपत्र गरिसकेको छ तर अझै सारिएको छैन। एक वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि उपत्यकाका १८ स्थानका पेट्रोलपम्प हटाउन निगमलाई पत्राचार गरेको थियो। निगमले दुईपटकसम्म पत्राचार गर्दा पनि करोडौं लगानी डुब्ने भन्दै व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन्। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अति जोखिमयुक्त पम्प हटाउन लिखित र मौलिक निर्देशन दिइसकिएको दाबी गरे।  

उनले निगमले यो वर्ष वार्षिक नीति तथा कार्यक्रममै १८ वटा पम्पलाई अन्यन्त्रै सार्ने योजना बनाएकाले असारसम्म ती पम्प सारिसकिने बताए। उनले भने, ‘अति नै जोखिम अवस्थालाई ध्यानमा राखेर हामीले १८ वटा पम्पलाई अन्तै सार्न भनिसकेका छौं तर जग्गा र भनेजस्तो ठाउँ नपाएको भन्दै सञ्चालकहरूले अटेर गर्दै आइरहेका छन्।’ उनका अनुसार बज्रबाराही पम्प (चापागाउँ), टीकाभैरव आयल स्टोर (चापागाउँ), कोतधुकु आयल स्टोर (बालाजु), मायाराम भोलारा आयल स्टोर (थापाथली), श्यामा आयल स्टोर (कलंकी), भ्याली रिकेट आयल स्टोर (गैरीगाउँ) अति जोखिम अवस्थामा छन्।  

त्यस्तै जुबी आयल स्टोर (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), गायत्री आयल स्टोर (जावालाखेल), बालकुमारी पेटोल पम्प (चापागाउँ), कनक आयल स्टोर (कालिमाटी), जयन्ती आयल (थापाथली), बाबा आयल स्टोर (कलंकी), त्रिशूल आयल स्टोर (कलंकी), कामाख्या आयल स्टोर (कोटेश्वर), बराल आयल स्टोर (बौद्ध), एचबी इन्टरनेसनल (जावालाखेल) र सीता आयल स्टोर (महाराजगन्ज) जोखिममा छन्। यी पम्पका कारण ट्राफिक व्यवस्थापमा समस्या हुने गरेको छ। त्यसबाहेक घरबस्तीलाई जोखिम थपेको, बिजुलीका तार जोडिएको, वर्कसपनजिकै रहेकाले अन्यन्त्रै सार्न निर्देशन दिइएको हो। त्यसो त यी पम्पहरूको पुरानो मापदण्डअनुसारको कानुनी प्रक्रिया भने सही छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस