काठमाडौं, चैत २८- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकले अर्कालाई निषेध गरेर राजनीतिक सहमति नजुट्ने बताएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनको नवौं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले गत फागुन ३० को राजनीतिक सहमतिले नयाँ गति दिएको र निर्वाचनका सम्भावना प्रबल भएर अगाडि आएको बताए।
सो अवसरमा एमालेका सचिव शङ्कर पोखरेलले एमालेले काँग्रेस र एमाओवादीबीच समन्वयको भूमिका खेलिरहेको बताए। सङ्गठनका पूर्वअध्यक्ष गोविन्द अधिकारीले ट्रेड युनियनहरु एउटै हुनुपर्ने तथा राष्ट्रपतिकहाँ थन्किएर रहेको अध्यादेश तत्काल जारी गर्नुपर्ने माग गर्नुभयो। नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष विनोदकुमार सिंहले कर्मचारी एकताबद्ध भएर राष्ट्र र सेवाग्राहीको सेवा गर्नुपर्ने औंल्याए।
सो अवसरमा विभिन्न वक्ताले कर्मचारी सङ्गठन राजनीतिक दलको भ्रातृ सङ्गठन नभएकाले कर्मचारीले पनि भ्रातृ सङ्गठनका रुपमा परिचालित हुन नहुने र दलले पनि सङ्गठनलाई आफ्नो भ्रातृ सङ्गठन बनाउन नहुने बताए। निजामती सेवामा चाकडी गर्नेले चार पटक बढुवाको अवसर पाउने र नगर्नेले २० वर्षसम्म एकै तहमा बस्न बाध्य भएको पनि उनीहरुले बताए।
दक्षिण अफ्रिकाका लुलामाइल सातोकाले ट्रेड युनियनका क्षेत्रमा समन्वयको खाँचो औंल्याए। कार्यक्रममा सङ्गठनका पूर्वअध्यक्ष अधिकारी तथा अम्बिका जोशी र दीपा कार्कीलाई सम्मान गरिएको थियो। रासस