दैलेखका कोरोना संक्रमित एक बृद्धको सुर्खेतस्थित प्रदेश अस्पतालको कोभिड–१९ अस्पतालमा मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–२ का ८५ वर्षीय बृद्धको बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।
कोरोनाका कारण मृत्यु भएका बृद्ध मंसिर २६ गते कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि आएका थिए। सोही दिन जिन एक्सपर्ट पीसीआर विधिबाट कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार बृद्धमा सास फेर्न कठिनाई, खोकी, ज्वरो र खानामा अरुचि हुने समस्या थियो।
कर्णालीमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। पछिल्लो समय कर्णालीमा दैनिकजसो कोरोनाका कारण मृत्यु भइरहेको मन्त्रालयले जनाएको छ।