महेश्वर चामलिङ राई, उदयपुर, चैत २८- जिल्लाको पहाडी गाविस खाँबुस्थित गाईघाट-दित्ते्कल लोकमार्गको साउने-फोक्सीन्टार खण्डमा बुधबार एक यात्रुबाहक बस दुर्घटनामा पर्दा दुईजना यात्रुको मृत्यु भएको छ। २९ जना घाइते भएका छन्। घाइतेमध्ये १२ को अवस्था गम्भीर छ। उनीहरुको उदयपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विपि मेमोरिएल स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ।
सदरमुकाम गाईघाटदेखि फोक्सीन्टारतर्फ जाँदै गरेको ना २ ख ५५०५ नंवरको रौता दर्शन यातायात खाबु ९ स्थित अँधेरी खोलामा दुर्घटनामा पर्दा खाँबु २ का विष्णु राई र खोटाङ जिल्ला बतासे गाविस १ का शुभराज राईको मृत्यु भएकोप्रहरीले जनाएको छ। सदरमुकामदेखि घर जाँदै गरेका ५० वर्षीय शुभराजको घटनास्थलमै मृत्यु भएको र ३८ वर्षीय विष्णुकोउपचारका लागि गाईघाटतर्फ लाँदालाँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए।
दुर्घटनामा घाईतेमध्ये आँपटार ५की २४ वर्षीया देविका राई र उनकी ६ वर्षीया छोरी आशिका राई, त्रियुगा नगरपालिका २ गाईघाटकी १८ वर्षीया विमला घिमिरे, २ कै चप्पनका २५ वर्षीय भोजकुमार खड्का, सोही ठेगानाका १४वर्षीया कबिता राई, १५ वर्षीय सविन राई गम्भीर घाईते भएका छन्। त्यस्तै आँपटार ५ जल्केनीका ११ वर्षीय विकास राई, खोटाङ छोरम्बु ७ का २४ वर्षीय प्रभात बस्नेत, खोटाङकै सिम्पानी ७ का दिपक प्रधान, सिम्पानी २ का १८ वर्षीय विष्णु खड्का पनि गम्भीर घाईते भएको निरीक्षक पौडेलले बताएका छन्।
अन्य गम्भीर घाईते हुनेमा राजविराज सप्तरी घर भई जिल्ला वन कार्यालय उदयपुरमा कार्यरत रेन्जर ५२ वर्षीय ललन मण्डल, लाफागाउँ ५ का ४४ वर्षीय दानबहादुर राई, ताम्लीछा ५ का २५ वर्षीय दलध्वज राई, खोटाङ बतासे ६ का ४२ वर्षीय धु्रुव कार्की, त्रिनपा १७ का ४७ वर्षीय हरिक विष्ट, सोही ठाउँकी १७ वर्षीय रीता विष्ट, त्रिनपा ११ की ६० वर्षीया देवी कार्की, ३० वर्षीय बसन्त परियार र ३६ वर्षीय कृष्ण परियार पनि गम्भीर छन्।
अन्य घाइतेमा आँपटार २ का संगम राई, ३ की सम्झना राई, त्रिनपा १ का टीकादत्त भट्टराई, कृष्ण भुजेल, विराटनगर ४ का तिलक पौडेल, सप्तरी धनगढी ५ का बृकिशोर साह, खोटाङ याम्खा ५ का नरेन्द्र अधिकारी, खोटाङकै छोरम्बु ३ का गोविन्द खत्री, आँपटार ३ का दिपक राइरहेका छन्। उनीहरुको सदरमुकामस्थित उदयपुर अस्पतालमा उपचार भइरहेको छ।
बिहान १०:४५ बजे घटेको घट्नाबारे प्रहरीले साढे ११ बजे खबर पाएलगत्तै निरीक्षक पौडेले नेतृत्वमा प्रहरी टोली र एम्बुलेन्सउद्धारका लागि घट्नास्थल पठाएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक महेन्द्र पोखरेलले बताएका छन्। प्रहरी टोलीले स्थानीयको सहयोगमा सडकदेखि सयमिटर तल खसेको बसका घाइतेलाई दिउसो २:३० बजेसम्ममा उद्धार गरी उपचारका लागि सदरमुकामतर्फ पठाएको थियो। केही यात्रु भने सकुशल रहेको बताइएको छ। ओरालोमा स्टेरिङ फेल भएर गाडी दुर्घटनामा परेको प्रत्येक्षदर्शी यायुत्रले बताएका छन्। चालक टेकबहादुर राई घट्नालगत्तै फरार रहेकाले खोजी कार्य भईरहेको निरीक्षक पौडेलले बताए।