चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
१० पौष २०७७
•
२ मिनेट पाठ
चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
जुलोजिकल पार्कभित्र क्यामेरा जडान गर्र्दै प्राविधिकहरु । तस्बिर नागरिक <div><br></div>
लेखनाथस्थित पचैभयामा निर्माणाधिन जुलोजिकल पार्कमा १५ वटा क्यामेरा जडान गरिएको छ । १३५ हेक्टर क्षेत्रफलको पार्कभित्र भएका वन्यजन्तुको अवस्था अध्ययन गर्न क्यामेरा जडान गरिएको हो । जडान गरिएको क्यामेरा मार्फत वनमा रहेका सबैजसो वन्यजन्तुको अध्ययन गरिनेछ । डिभिजन वन कार्यालयले पार्कभित्र वन्यजन्तु हिड्ने ठाँउ पहिचान गरेर क्यामेरा जडान गरेको हो ।  




‘पार्क अन्तर्गतको सामुदायिक वनभित्र जंगली जनावरको अवस्थाको बारेमा अध्ययन गर्न क्यामेरा जडान गरिएको हो,’ डिभिजन वन कार्याालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालले भने, ‘१५ वटा क्यामेरा जडान गरिएको छ ।’ उनका अनुसार क्यामेरा भने शिरिष भण्डारीले सहयोग गरेका हुन् । भण्डारी आफैं पनि अनुसन्धानकर्मी भएको अधिकृत बरालको भनाई थियो । जडित क्यामेराबाट वनभित्र चितुवाको संख्या र अवस्थाको बारेमा अध्ययन गर्न सकिनेछ ।  

डिभिजन वन कार्यालय कास्कीको अध्ययन अनुसार पार्कको वनक्षेत्रमा ३ वटा चितुवा रहेको अनुमान छ  वनमा बँदेल र दुम्सी समेत भेटिने सम्भावना रहेको छ । पार्कलाई अहिले डिभिजन वन कार्यालयले आफ्नो मतहतमा राखेर काम गर्दै आएको छ । पार्कभित्र बनाइएको ठुला केजहरुमा केही जनावरलाई राखिएको छ । विभिन्न ठाँउमा घाईते भएका जनावरलाई एम्बुलेन्स मार्फत उद्दार गरेर उपचार गरी पार्कभित्र संरक्षण गरिएको उनले बताए ।  

पार्कलाई प्रदेश सरकार वन मन्त्रालय मार्फत डिभिजिन वन कार्यालयले गतवर्ष एककरोड रुपैयाँको बजेटबाट जनावर राख्न केज निर्माण गरिएको थियो । ‘योवर्ष पार्कभित्र संरचना बनाउन (केज मर्मत तथा लिङ्करोड, टिकट घर) डेढ करोड बजेट छ,’उनले भने, ‘टेण्डर प्रक्रियाको तयारीमा छौं । संरचना तयार भएपछि सर्वसाधारणको लागि खुला गरिनेछ ।’ पार्कमा रतुवा, निलगाई, गिद्धका प्रजाति, बाँदर, स्याल, अजिंगर लगायतका जनावर छन् । उनका अनुसार मृगको इनक्लोजर, वन्यजन्तुका लागी पानी ट्याङकी निर्माण, वांँदरको इनक्लोजर, विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो लगायतका पुर्वाधार तयार गरिने छ । केही पुर्वाधार तयार भईसकेका छन् ।  

पोखराका अमरसिंह चोकस्थित युनाईटेड क्लबको पहलमा चिडियाखाना निर्माणाको अवधारणासँगै जुलोजिकल पार्क बनाईएको छ । छ वर्ष अघि शुरु गरिएको पार्कले अहिलेसम्म पूर्णता भने पाईसकेको छैन् । क्लबले विभिन्न समयमा आयोजना गरेको पोखरा महोत्सवबाट बचतको केही हिस्सा रकम पार्कमा खर्च गर्दै आएको छ ।
 ‘पार्क बनाउन क्लबले ५८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ’ युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले भने, ‘क्लबकै अगुवाईमा शुरु गरिएको पार्क अभियानलाई पूर्णता दिन क्लव तत्पर छ ।’  

यद्यपी पछिल्लो समय पार्क विवादित हुँदा सबैजसो कामकाज ठप्प छ । कम्पनी दर्ता गरेर कम्पनि मार्फत सञ्चालन गर्ने योजना अघि बढाइएपछि स्थानीयले विरोध गर्दै आएका छन् । मुद्दा विचराधिन अवस्थामा छ । अदालती निर्णयपछि पूर्वाधार लगायतका काम थपिने डिभिजन वन कार्यालयले जनाएको छ । पोखरा–३०, ३१ र ३२ वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक बनलाई लिएर पोखराको युनाईटेड क्लबले पार्क निर्माण शुरु गरेको हो । पार्क पूर्ण रुपमा सञ्चालनमा आए पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटकको बसाई लम्बिने आशा र विश्वास छ ।
अर्को समाचार
चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
१८ पौष २०७७
•
२ मिनेट पाठ
चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
जुलोजिकल पार्कभित्र क्यामेरा जडान गर्दै प्राविधिक । तस्बिर : नागरिक
लेखनाथस्थित पचभैयामा निर्माणाधीन जुलोजिकल पार्कमा १५ वटा क्यामेरा जडान गरिएका छन् । १३५ हेक्टर क्षेत्रफलको पार्कभित्र भएका वन्यजन्तुको अवस्था अध्ययन गर्न क्यामेरा जडान गरिएको हो । जडान गरिएका क्यामेरामार्फत वनमा रहेका वन्यजन्तुको अध्ययन गरिने छ । डिभिजन वन कार्यालयले पार्कभित्र वन्यजन्तु हिँड्ने ठाउँमा लक्षित गर्दै क्यामेरा जडान गरेको हो ।  




‘पार्कअन्तर्गतको सामुदायिक वनभित्र जंगली जनावरको अवस्थाबारे अध्ययन गर्न क्यामेरा जडान गरिएको हो,’ डिभिजन वन कार्याालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालले भने, ‘१५ वटा क्यामेरा जडान गरिँदै छ ।’ उनका अनुसार क्यामेरा भने शिरिष भण्डारीले सहयोग गरेका हुन् । भण्डारी आफैं पनि अनुसन्धानकर्मी भएको अधिकृत बरालको भनाइ छ । जडित क्यामेराबाट वनभित्र चितुवाको संख्या र अवस्थाबारे अध्ययन गर्न सकिनेछ ।  

डिभिजन वन कार्यालय कास्कीको अध्ययनअनुसार पार्कको वन क्षेत्रमा तीनवटा चितुवा रहेका छन् । वनमा बँदेल र दुम्सीसमेत भेटिने सम्भावना रहेको छ । पार्कलाई अहिले डिभिजन वन कार्यालयले आफ्नो मातहतमा राखेर काम गर्दै आएको छ । पार्कभित्र बनाइएको ठूला केजहरूमा केही जनावरलाई राखिएको छ । विभिन्न ठाउँमा घाइते भएका जनावरलाई एम्बुलेन्समार्फत उद्धार र उपचार गरी पार्कभित्र संरक्षणका लागि राखिएको उनले बताए ।  

पोखराको अमरसिंह चोकस्थित युनाइटेड क्लबको पहलमा चिडियाखाना निर्माणको अवधारणासँगै जुलोजिकल पार्क बनाइएको छ । ६ वर्षअघि सुरु गरिएको पार्कले पूर्णता भने पाइसकेको छैन । क्लबले विभिन्न समयमा आयोजना गरेको पोखरा महोत्सवबाट बचतको केही हिस्सा रकम पार्कलाई खर्च गर्दै आएको छ । ‘पार्क बनाउन क्लबले ५८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ,’ युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले भने, ‘क्लबकै अगुवाइमा सुरु गरिएको पार्क अभियानलाई पूर्णता दिन क्लब तत्पर छ ।’  

यद्यपि पछिल्लो समय पार्क विवादित हुँदा सबैजसो कामकाज ठप्प छ । कम्पनी दर्ता गरेर कम्पनीमार्फत सञ्चालन गर्ने योजना अघि बढाइएपछि स्थानीयले विरोध गर्दै आएका छन् । मुद्दा विचाराधीन अवस्थामा छ । अदालती निर्णयपछि पूर्वाधारलगायत काम थपिने डिभिजन वन कार्यालयले जनाएको छ । पोखरा–३०, ३१ र ३२ वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वनलाई लिएर पोखराको युनाइटेड क्लबले पार्क निर्माण सुरु गरेको हो । पार्क पूर्ण रूपमा सञ्चालनमा आए पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटकको बसाइ लम्बिने आशा र विश्वास छ ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस