काठमाडौं, वैशाख ४- नेपालमा आर्थिक अभावका कारण अझै लाखौँ बालबालिका विद्यालय जाने अवसरबाट बञ्चित भएको सुगर क्युबस एड्भरटाइजिङ एन्ड इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ। सो प्रालिद्वारा मंगलार आयोजित पत्रकार भेटघाटमा नेेपालको अन्तरिम संविधानमा शिक्षालाई मौलिक अधिकारको रुपमा उल्लेख गरिएको भए पनि विद्यालय जाने उमेर समूहका ४.५ प्रतिशत बालबालिका विद्यालय जाने अवसरबाट बाहिर रहेको जानकारी दिइयो।
गरिब र धनी परिवारबीचको आर्थिक र शैक्षिक भिन्नतालाई न्यूनीकरण गरी २१औं शताब्दीमा सबैले समानरुपमा शिक्षा पाउनुपर्छ भन्ने मान्यतालाई मूर्तरुप दिन सो संस्थाले काठमाडौँ उपत्यकामा अध्ययनरत विद्यार्थीबीच र्याम्प प्रतियोगिता गर्ने भएको छ।
निजी विद्यालयका ५० भन्दा बढी छात्रछात्राले भाग लिने सो प्रतियोगितामा उनीहरूलाई सांस्कृतिक कार्यक्रमलगायत अन्य विविध तालिम दिइने र त्यसबाट उठेको रकम गरिब बालबालिकालाई शिक्षा दिने कार्यमा खर्च गरिने सो संस्थाका प्रबन्ध निर्देशक शोभा भण्डारीले जानकारी दिए। रासस