काठमाडौँ, वैशाख ८ (नागरिक) - बाग्लुङबाट बर्दिया तर्फ जादैँ गरेको ना ४ ख ७३९८ नम्बरको बस कपिलबस्तुको शिवपुर ७ उमरी चोकमा सडक छेउमा रोकिराखेको ना ४ ख ५१६८ नम्बरको ट्रक सँग ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान साढे ४ बजे भएको दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घनामा परी दोलखा घर भई हाल, २४ वाईनी जुम्लामा कार्यरत नेपाली सेनाका सिपाही २७ वर्षीय राजन राई, दाङ्ग पिपरीकी ३० वर्षीया बिना कुमारी चौधरी र नाम, थर वतन नखुलेका एक बालकको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा घाइते २१ जना यात्रुलाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटबल पठाइएको छ । घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।