लेखनाथस्थित पचभैयामा निर्माणाधीन जुलोजिकल पार्कमा १५ वटा क्यामेरा जडान गरिएका छन् । १३५ हेक्टर क्षेत्रफलको पार्कभित्र भएका वन्यजन्तुको अवस्था अध्ययन गर्न क्यामेरा जडान गरिएको हो । जडान गरिएका क्यामेरामार्फत वनमा रहेका वन्यजन्तुको अध्ययन गरिने छ । डिभिजन वन कार्यालयले पार्कभित्र वन्यजन्तु हिँड्ने ठाउँमा लक्षित गर्दै क्यामेरा जडान गरेको हो ।
‘पार्कअन्तर्गतको सामुदायिक वनभित्र जंगली जनावरको अवस्थाबारे अध्ययन गर्न क्यामेरा जडान गरिएको हो,’ डिभिजन वन कार्याालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालले भने, ‘१५ वटा क्यामेरा जडान गरिँदै छ ।’ उनका अनुसार क्यामेरा भने शिरिष भण्डारीले सहयोग गरेका हुन् । भण्डारी आफैं पनि अनुसन्धानकर्मी भएको अधिकृत बरालको भनाइ छ । जडित क्यामेराबाट वनभित्र चितुवाको संख्या र अवस्थाबारे अध्ययन गर्न सकिनेछ ।
डिभिजन वन कार्यालय कास्कीको अध्ययनअनुसार पार्कको वन क्षेत्रमा तीनवटा चितुवा रहेका छन् । वनमा बँदेल र दुम्सीसमेत भेटिने सम्भावना रहेको छ । पार्कलाई अहिले डिभिजन वन कार्यालयले आफ्नो मातहतमा राखेर काम गर्दै आएको छ । पार्कभित्र बनाइएको ठूला केजहरूमा केही जनावरलाई राखिएको छ । विभिन्न ठाउँमा घाइते भएका जनावरलाई एम्बुलेन्समार्फत उद्धार र उपचार गरी पार्कभित्र संरक्षणका लागि राखिएको उनले बताए ।
पोखराको अमरसिंह चोकस्थित युनाइटेड क्लबको पहलमा चिडियाखाना निर्माणको अवधारणासँगै जुलोजिकल पार्क बनाइएको छ । ६ वर्षअघि सुरु गरिएको पार्कले पूर्णता भने पाइसकेको छैन । क्लबले विभिन्न समयमा आयोजना गरेको पोखरा महोत्सवबाट बचतको केही हिस्सा रकम पार्कलाई खर्च गर्दै आएको छ । ‘पार्क बनाउन क्लबले ५८ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ,’ युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले भने, ‘क्लबकै अगुवाइमा सुरु गरिएको पार्क अभियानलाई पूर्णता दिन क्लब तत्पर छ ।’
यद्यपि पछिल्लो समय पार्क विवादित हुँदा सबैजसो कामकाज ठप्प छ । कम्पनी दर्ता गरेर कम्पनीमार्फत सञ्चालन गर्ने योजना अघि बढाइएपछि स्थानीयले विरोध गर्दै आएका छन् । मुद्दा विचाराधीन अवस्थामा छ । अदालती निर्णयपछि पूर्वाधारलगायत काम थपिने डिभिजन वन कार्यालयले जनाएको छ । पोखरा–३०, ३१ र ३२ वडामा पर्ने पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वनलाई लिएर पोखराको युनाइटेड क्लबले पार्क निर्माण सुरु गरेको हो । पार्क पूर्ण रूपमा सञ्चालनमा आए पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटकको बसाइ लम्बिने आशा र विश्वास छ ।