चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको छ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ। ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको छ। जहाँ ७ सय कार र १ हजार ५ सय मोटरसाइकलका प्रशिक्षणका लागि सुविधा रहेको एकेडेमीका सञ्चालक देबेन्द्र प्रधानले बताए।
कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी भएको एकेडेमी पुन: सञ्चालनमा आएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको प्रधानले जानकारी दिए।
उनले भने,प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी अनिवार्य कायम गरिएको छ। ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ। सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो।
देशमा गरिएको बन्दाबन्दीका कारण १ लाख ५० हजार भन्दा बढी व्यक्ति परिक्षणका लागि पर्खिरहेको सञ्चालक प्रधानले जानकारी दिए।