आइइई प्रतिवेदनमा तथ्यांक र स्थान गलत
२१ पौष २०७७
•
२ मिनेट पाठ
आइइई प्रतिवेदनमा तथ्यांक र स्थान गलत
पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षका लागि भेरी नदी क्षेत्रको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइइई) प्रतिवेदन तयार गर्न वीरेन्द्रनगरको एएन्डए कन्सल्टेन्सीसँग सम्झौता गर्‍यो। कन्सल्टेन्सीले नदीजन्य पदार्थको परिणाम उत्खनन् गर्दा पर्ने वातावरणीय, सामाजिक, आर्थिकलगायत प्रभावका विषयमा प्रतिवेदन तयार गरेर नगरपालिकालाई बुझायो। उक्त प्रतिवेदन तयार गरे वापत उसले पाँच लाख रूपैयाँ पारिश्रमिक पनि लियो ।




आइइई प्रतिवेदनका आधारमा नगरपालिकाले भेरी नदी किनारको कालिका सामुदायिक वन क्षेत्रभित्र पर्ने क्षेत्रको ठेक्का आह्वान गर्‍यो। दुर्गा कन्स्ट्रक्सनले ४२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् सुरु गर्‍यो। भेरी नदीले धार परिवर्तन गर्ने ठाउँमै उत्खनन् हुन थालेपछि राजीगाउँका स्थानीय आन्दोलित भए। ‘स्थलगत अध्ययन नगरेर तयार पारिएको आइइई प्रतिवेदनका आधारमा उत्खनन् सुरु भएपछि हामीले आन्दोलन सुरु गर्‍यौं,’ स्थानीय जुनिकला राजीले भनिन्, ‘विज्ञ टोलीले नदीले धार परिवर्तन गर्ने क्षेत्र उत्खनन् गर्दा सिंगो गाउँलाई पर्ने प्रभावको मूल्यांकन नै नगरेको पाइयो ।’

कन्सल्टेन्सीले नगरपालिकाको कार्यालयमा बुझाइएको आइइई प्रतिवेदनमा पनि तथ्य र तथ्यांक प्रभावित क्षेत्रको छैन। सुर्खेतकै लेकवेशी नगरपालिकाको तथ्यांक पञ्चपुरीको आइइई प्रतिवेदनमा छ। कन्सल्टेन्सीले नगरपालिकामा बुझाएको प्रतिवेदनको बुँदा नम्बर ८.१.३.३ मा जनसंख्या विस्थापना शीर्षकमा ‘सुर्खेत जिल्ला लेकवेशी नगरपालिका भेरी नदीको उत्खनन् क्षेत्र र त्यसको प्रभाव क्षेत्रको ३ सय मिटर वरिपरी वस्ती केही मात्रामा भएपनि उल्लेखनीय असर पर्दैन्। कुनै घरधुरीलाई प्रत्यक्ष असर नपर्ने हुनाले  पुर्नस्थापना योजना बनाउनुपर्ने देखिँदैन’ लेखिएको छ।आइइई प्रतिवेदनमा उल्लेख भएभन्दा फरक यहाँ उत्खनन् क्षेत्रभित्रै लोपोन्मुख समुदाय राजीसहित मगर र दलितका २३ घर छन्।  

जिल्ला समन्वय समितिका प्रमुख छवीलाल सिग्देलले स्थलगत अध्ययनविनै बनाइएको आइइई प्रतिवेदनका कारण समस्या देखिएको बताए। उनले गलत तथ्यांक समावेश गरेर प्रतिवेदन बनाउने कन्सल्टेन्सीलाई कारबाही प्रक्रिया अघि बढाइनुपर्ने बताए। ‘उत्खनन्को विषयमा विवाद भएपछि पटक–पटक स्थलगत अनुगमन गरेका छौं,’ उनले भने, ‘कन्सल्टेन्सीले स्थलगत अध्ययन र प्रभावित क्षेत्रका जनतासँगको छलफलविनै आइइई प्रतिवेदन बनाएको देखिन्छ ।’ उनले प्रतिवेदनले औंल्याएको क्षेत्रमा उत्खनन् गर्दा सिंगो गाउँनै विस्थापित हुने देखिएको बताए ।

‘प्राविधिकसहितको टोली लगेर स्थलगत अध्ययन गर्‍यौं, आइइई प्रतिवेदनले औंल्याएको क्षेत्रमा उत्खनन् गर्नै मिल्दैन्,’ उनले भने, ‘स्थलगत अध्ययनविनै प्रतिवेदन तयार पार्ने कन्सल्टेन्सीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ।’ प्रतिवेदन तयार गर्ने ए.एण्ड.ए. कन्सल्टेन्सीका सामाजिक आर्थिक विज्ञ अमृत ढकालले कपी–पेष्ट गर्दा फरक तथ्यांक पर्न गएको बताए। उनले स्थलगत अध्ययन गरेरै प्रतिवेदन तयार गरिएको भएपनि कपी–पेष्टले समस्या पारेको बताए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस